शुक्लागण्डकीका वडालाई रु ७९ लाखदेखि १ करोड २६ लाखसम्म बजेटको शिलिङ

तनहुँको शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि वडाहरुका बजेटको शिलिङ तोकेको छ । नगरपालिकाले ७९ लाख रुपैयाँदेखि १ करोड २६ लाख रुपैयाँसम्मको शिलिङ तोकेको छ । नगरपालिकाको तोकेको शिलिङ अनुसार सबैभन्दा बिढि वडा नं. ५ ले १ करोड २६ लाख ६८ हजार ९१८ रुपैयाँ र सबैभन्दा कम वडा नं. ४ ले ७९ लाख १६ हजार ५८९ रुपैयाँको बजेट शिलिङ पाएका छन् ।
१२ वटा वडामा कुल ११ करोड ८७ लाख ३४ हजार रुपैयाँको बजेट शिलिङ तोकिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए । नगरपालिकाले भुगोल २५ प्रतिशत, जनसंख्या ४५ प्रतिशत, राजश्व संकलन, समग्र विकासको स्थिति र वडाको कार्यसम्पादन १० प्रतिशतलाई आधार बनाएर बजेटको शिलिङ तोकिएको उनले बताए ।
वडा नं. १ ले ९४ लाख ३१ हजार रुपैयाँ, वडा नं. २ ले १ करोड १६ लाख ८१ हजार रुपैयाँ, वडा नं. ३ ले ८७ लाख ८५ हजार रुपैयाँ, वडा नं. ६ ले ९७ लाख २३ हजार रुपैयाँ, वडा नं. ७ ले ९९ लाख ५७ हजार रुपैयाँ, वडा नं. ८ ले १ करोड १२ लाख रुपैयाँ, वडा नं. ९ ले ८० लाख ७० हजार रुपैयाँ, वडा नं. १० ले १ करोड ६ लाख ३१ हजार रुपैयाँ, वडा नं. ११ ले ९१ लख २० हजार रुपैयाँ र वडा नं. १२ ले १ करोड १८ लाख रुपैयाँको बजेट शिलिङ तोएकिो छ ।
कार्यसम्पादनलाई आधारमान्दा केही रकम बढ्न सक्ने लामगादेले जानकारी दिए । वडाले पाएको सिलिङको आधारमा वडा तहको योजना छनौट तथा प्राथमिकिरण गरिने छ । वडा तर्जुमा भेला वडा नं. ६ र ११ बाहेक सबै वडाले सम्पन्न गरिसकेका छन् । नगरको बजेट, नीति तथा कार्यक्रम तयारी तालिका अनुसार जेठ २९ देखि असार १ गतेसम्म बजेट नीति तथा कार्यक्रम तर्जुमा समिति बैठक, असार ४ गते नगर कार्यपालिकाबाट बजेट नप्ति तथा कार्यक्रम प्रस्ताव पारित गर्ने सुचि रहेको नगर प्रमुख कृष्णराज पण्डितले बताए।
उनका अनुसार असार ७ गते नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुती गर्ने कार्यतालिका छ । स्थानीय तहलाई असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याइसक्नुपर्ने नीतिगत व्यवस्था रहेको छ ।










