गोलभेडा खेतीको अनुगमन

तनहुँका व्यास नगरपालिका-११ छिर्कनका कृषकले टनेल प्रविधिबाट गरेको गोलभेडा खेतीको अनुगमन गर्दै कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारी सहितको टोली । ग्रामीण पोषण सुरक्षण कार्यक्रम अन्तर्गत कृषकहरुले ९ वटा टनेलमा गोलभेडा खेती गरेका छन् ।

कृषकहरुले तल्लो भाग फलाम र माथिको भाग बाँसबाट ६८१२ र्साईजको टनेल ६८ हजार रुपैयाँका लागतमा निर्माण गरेका छन् । न्यून आय भएका कृषकहरुलाई उपयुक्त यो प्रविधिको कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रले बीउ तथा सप्रोस नेपालको प्राविधिक सहयोग रहको छ । तस्विर : भञ्ज्याङ










