तनहुँ रुम्सीमा चट्याङ पर्दा दुई जना घाइते

तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा चट्याङ पर्दा दुई जना घाइते भएका छन्।

शुक्रवार साँझ अन्दाजी ६ बजे स्थानीय सन्तराज थापाको घरको आँगनमा एक्कासी चट्याङ पर्दा दुई महिला घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका–१ निवासी ३५ वर्षीया भिमकुमारी थापा र व्यास नगरपालिका–१४ रुम्सी निवासी ६७ वर्षीया पुरनमाया थापा रहेका छन्।

चट्याङ लागेर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि चितवनस्थित CMC अस्पताल भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker