कोदोको विऊ रोपाइको तयारी

तनहुँको व्यास नगरपालिका–९ क्यामिनका महिलाहरु कोदोको विऊ रोप्ने तयारी गर्दै । सिंचाई सुविधा नभएका पाखो बारीमा गरिने कोदो खेतीका लागि आवश्यक पर्ने युवा जनशक्ति अभावले तनहुँमा कोदोखेती घट्दै गएको छ । पछिल्लो समय कोदो र कोदोका परिकारको माग बढ्दै गएपनि खेती कम हुँदै गएको छ । तस्विर : भञ्ज्याङ










