मादी पुल संरक्षणार्थ नदीको धार परिवर्तन

  • रासस (तनहुँ)

व्यास नगरपालिका-३ र ५ जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत पर्ने मादी नदीमाथि निर्माण गरिएको मोटरेबल मादी पुलको संरक्षणका लागि नदीको धारमा परिवर्तन गरिएको छ । पुलको पश्चिमपट्टकिो पिलरको भागमा बढी गहिरिएर जान थालेपछि पुलको अतित्व संकटमा पर्दै गएकाले नदीको धारमा परिवर्तन गरी संरक्षण गरिएको हो । पानीले खोतेलेर पिलरमा क्षति पुर्‍याएको महसुस गरी नदीको धारमा परिवर्तन गरी बीच भागबाट पानी पठाइएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनीयर नारायण पौडेलले बताउनुभयो । पुल संरक्षण्को लागि डोजर लगाएर नोक्सान पुगेको भागतर्फको नदीलाई थुनेर बीचबाट पानी पठाइएको इञ्जिनीयर पौडेलले जानकारी दिनुभयो ।

गत वर्षसमेत पुलमुनि लगाइएको जाली यस वर्षको बाढीले भत्काएपछि पुल झनै कमजोर बनेको महसुस गरी पानीको धार परिवर्तन गर्ने काम सम्पन्न गरिएको उहाँले बताउनुभयो । धार परिवर्तनपछि असर पुगेको क्षेत्रमा २०० मिटर क्षेत्रमा ग्यावियन जाली भरिने योजना रहेको छ । दमौली बजार नजिकै रहेको उक्त राजमार्गस्थित पुलको ३७० मिटर लामो पुल रहेको छ । जाली भर्न सडक विभागसँग बजेट माग भइसकेको कार्यालयका प्रमुख अमृतमान श्रेष्ठले बताउनुभयो । ग्यावियन जाली भर्नका लागि आवश्यक रु दुइ करोड बराबरको लागत स्टिमेट तयार पारी विभागमा पेश गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

यस वर्ष मादी नदीले व्यास-३ को भतेरीमा समेत १५० मिटरभन्दा बढी भागमा कटान गरेकाले त्यस क्षेत्रमा समेत जाली भर्ने कामका लागि रुपाताल संरक्षण आयोजनासँग छलफल भइरहेको कार्यालयले जनाएको छ ।

दमौली बजार क्षेत्रतर्फको भतेरीमा जग्गा भएका व्यक्तिले व्यास नगरपालिका र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा पुगेर जग्गा संरक्षण गर्न माग गर्दै आएका छन् । विसं २०३० मा चीन सरकारको सहयोगमा रु एक अर्ब लागतमा पुल निर्माण गरिएको थियो । पुल निर्माणपश्चात एकपटकमा एक गाडी आवतजावतका लागि एक चौकीदार राखेर गाडी पठाउने व्यवस्था मिलाइएको भए पनि हाल त्यसतर्फसम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker