व्यास-१० मा बजार अनुगमन

चार्डपर्व निजिकिएसंगै तनहुँका सरोकारवाला निकायले बजार अनुगमनको कामलाई तीब्रता दिएका छन् । व्यास नगरपालिका वडा नं. १० ले पनि वडा क्षेत्र भित्रका बजारहरुको अनुगमन कार्य अगाडि बढाएको छ । वडाको अनुगमन टोलीले बैरेनी, बोटेटारका विभिन्न पसलमा सोमबारबाट अनुगमन थालेको हो ।

अनुगमनको क्रममा सो क्षेत्रमा विभिन्न पसलहरु अनुगमन गरेको थियो । अनुगमनका क्रमममा अधिकांश पसल दर्ता नगरी संचालन गरेको पाइएको थियो । धेरै पसलहरु मापदण्ड विपरीत भेटिएको व्यास-१० का वडा सदस्य इश्वर पौडेलले बताए ।

अनुगमनका क्रममा दर्ता विना सञ्चालन भएका, इजाजत पत्र नलिई विक्री वितरण गरिएको भेटीएको वडा सदस्य यज्ञराज शर्माले बताए । व्यास-१० मा अनुगमनलाई निरन्तरता दिइने वडा कार्यालयले जनाएको छ । अनुगमनमा अधिकांश पसलहरुमा मूल्यसुची नराखेको पाईएकाले मूल्यसुची राख्न निर्देशन दिईएको वडा सचिव पुष्पराज आचार्यले बताए ।

लेभलिङ भएका खाद्य सामाग्री मात्र विक्री वितरण गर्न, दर्ता विना सञ्चालन नगर्न, व्यवस्थीत रुपमा खाद्य र अखाद्य समाग्रीहरु छुट्छुटै राख्न, म्याद गुज्रेका खाद्य सामाग्री विक्रि वितरण नगर्न, इजाजतपत्र लिएर मात्र सुर्तिजन्य पदार्थ र चुरोट विक्री वितरण गर्न, सरसफाईमा ध्यान दिन, दर्ता प्रमाणपत्र र वडामा व्यवसाय दर्ता गरेर पसल संचालन गर्न सुझाव दिईएको सचिव आचार्यले बताए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker