केजी कक्षा सञ्चालनका लागि व्यक्तिगत रुपमा तलबको व्यवस्था

भञ्ज्याङ समाचारदाता/मिर्लुङ

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङको ठूलोढुंगा स्थित अरनिको माध्यमिक विद्यालयमा प्रारम्भिक तहका बालबालिकाको सिकाईलाई प्रभावकारी बनाउन व्यक्तिगत रुपमा तलबको व्यवस्था गरी शिक्षक राखिने भएको छ ।

सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका क्या. होम बहादुर गुरुङले प्राथमिक तह अन्तरगत विद्यालयमा केजी कक्षा सञ्चालनका लागि निजी शिक्षकको व्यवस्थापनका लागि मासिक रुपमा तीन हजार रुपैयाँ उपलब्ध गराउने भएका छन् ।

नयाँ शैक्षिक सत्र २०७९/०८० का लागि उक्त कक्षा सञ्चालन गर्न आवश्यक रहेको र विद्यालयमा प्रयाप्त शिक्षक जनशक्ति नभएको हुँदा व्यक्तिगत रुपमा रकम उपलब्ध गरी केजी कक्षा सञ्चालनका लागि मासिक रुपमा रकम उपलब्ध गर्राई एक जना शिक्षक राख्ने निर्णय लिएको अध्यक्ष क्या. गुरुङले बताए ।

बालबलिकाको सिकाई प्रभावकारी बनाउन तथा पढाइमा गुणस्तीय ल्याउन अध्यक्ष क्या. गुरुङको घोषणाले महत्वपूर्ण योग्दान पुग्ने समितिका सदस्य संगम सुमिर पियाँले बताए । विद्यालयमा उक्त कक्षा सञ्चालनका लागि शिक्षकको व्यवस्थापन हुने भएपछि स्थानीयलाई आ-आफ्ना साना बालबालिकालाई विद्यालयमा भर्ना गराइदिन विद्यालयले अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker