सहकारीका प्रबन्धकलाई कुटपिटको आरोपमा वडा अध्यक्ष सहित ५ जना प्रहरी हिरासतमा

भिमाद : तनहुँको भिमाद नगरपालिकास्थित भिमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपिट गरेको आरोपमा भिमाद नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। सहकारीका प्रवन्धक गैह्रेलाई श्रेष्ठको नेतृत्वमा आएको समूहले कुटपिट गरेको बताइएको छ । वडा अध्यक्ष श्रेष्ठले पत्नी लक्ष्मी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट लिएको २८ लाख रुपैयाँको ऋण नतिरेपछि धितो राखिएको जग्गा लिलाम गरिएको विषयमा असन्तुष्ट भई यस्तो कदम चालेको बताइएको छ ।
सहकारीका अनुसार अध्यक्ष श्रेष्ठलाई ऋणको सावा तथा ब्याज तिर्न बारम्बार जानकारी गराउँदा समेत बेवास्ता गरेपछि सहकारीले नियमअनुसार लिलामी प्रक्रिया अघि बढाएको थियो। यसै क्रममा श्रेष्ठको समूहले सहकारीका प्रवन्धक गैह्रेको घरमै पुगेर उनलाई र उनका परिवारलाई कुटपिट गरेको आरोप लगाइएको छ ।
प्रवन्धक गैह्रेका अनुसार बिहान ९ बजे वडा अध्यक्ष श्रेष्ठ आफ्ना दुई छोराहरू नेपोलियन र निकेश श्रेष्ठ, एक जना अन्य व्यक्ति सहित घरमै आएर खाना खाइरहेको बेला आक्रमण गरेका थिए । उक्त घटनामा गैह्रेका श्रीमती, ९० वर्षकी आमासहित साना बालबालिकाले समेत डर त्रास व्यहोर्नु परेको थियो ।
यस्तै, भिमाद सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले यो घटनालाई अत्यन्तै निन्दनीय भन्दै सहकारी कर्मचारीमाथि गरिएको आक्रमणलाई गम्भीर रूपमा लिएको बताएका छन् । उनले सहकारीले कानुनी प्रक्रिया अनुसार काम गरेको हुँदा यस्तो हिंसात्मक कदम उठाउनु अपराध भएको बताए । प्रबन्धक गैह्रेलाई आक्रमण गरेको सिसी क्यामराको फुटेजका आधारमा घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलचौतारा प्रहरीका अनुसार उनीहरूलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। उक्त घटनाका विषयमा सहकारी र प्रवन्धकले छुट्टाछुट्टै मुद्दा दायर गरेका छन् ।
यस्तै, कुटपिटको शिकार बनेका प्रवन्धक गैह्रे र उनका परिवारले दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। सहकारीका कर्मचारीमाथि आक्रमण गर्नु र सहकारीको गरिमामा आँच पु¥याउनु गम्भीर अपराध भएकाले दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने पीडित पक्षको भनाइ छ । यस घटना सहकारी संस्थाहरूले ऋण असुलीका क्रममा सामना गर्नुपरेका चुनौतीहरू र स्थानीय जनप्रतिनिधिहरूले कानुनको उल्लङ्घन गर्दा आउने समस्याको ज्वलन्त उदाहरण हो । अब यो मुद्दाले सहकारीको प्रतिष्ठा जोगाउन र कानूनी शासनको सुनिश्चितताका लागि नयाँ मार्गदर्शन दिने सहकारीका अध्यक्ष श्रेष्ठले अपेक्षा गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker