भानुमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीको आवधिक परीक्षा निःशुल्क

भानु : तनहुँको भानु नगरपालिकाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूको आवधिक परीक्षा शुल्क निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लाभ पु¥याउने गरी आइतबार नगरप्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा बसेको १५औं नगरसभाले उक्त निर्णय गरेको हो ।
नेपाल सरकारले २०७५ मा लागु गरेको अनिवार्य र निःशुल्क शिक्षा ऐनको आधारमा, हालसम्म विद्यार्थीहरूले आवधिक परीक्षाको नाममा शुल्क तिर्नुपर्ने समस्या थियो। यस समस्यालाई समाधान गर्दै भानु नगरपालिकाले नगर शिक्षा समितिको सिफारिसमा नगर कार्यपालिका र नगरसभाबाट यस सम्बन्धी निर्णय गरेको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।
उनका अनुसार अबदेखि, कक्षा १–८ सम्मका विद्यार्थीहरूले त्रैमासिक, द्वितीय त्रैमासिक र वार्षिक परीक्षाका लागि कुनै पनि शुल्क तिर्नु पर्दैन । नगरपालिकाले यी परीक्षाका प्रश्नपत्र र उत्तरपुस्तिका उपलब्ध गराउने छ । साथै, कक्षा १–३ का लागि एकीकृत पाठ्यक्रमको आधारमा सुधारात्मक मूल्याङ्कन प्रणाली लागु गरिनेछ र यसको लागि मूल्याङ्कन अभिलेखीकरण पुस्तिका निःशुल्क उपलब्ध गराइएको छ ।
नगरपालिकाले यो व्यवस्था आगामी शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाबाट पूर्ण रूपमा लागु गर्ने भएको छ । नगरपालिकाको यो निर्णयले कम्तिमा ४ हजार विद्यार्थीलाई प्रत्यक्ष लाभ पु¥याउने शिक्षा अधिकारी पौडेलले बताए । नगरपालिकाको यस पहलले शैक्षिक क्षेत्रलाई थप प्रभावकारी र समान बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker