तनहुँको साँगेमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिका-५ साँगेमा शनिबार धारिलो हतियारले प्रहारी गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय ३६ वर्षीया सुनमाया कुमालका श्रीमानले विभत्स रुपमा हत्या गरेका छन् ।

उक्त हत्याको अभियोगमा ४० वर्षीय जितबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अपिलराज बोहोराले जानकारी दिए । हतियार प्रहार गरी निजले श्रीमतीको हत्या गरेको उनको भनाइ छ ।
प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । के कारणले घटना घट्यो भन्ने नखुलेको तनहुँ प्रहरीले जनाएको छ । उनिहरुका दुइ जना बालबालिका रहेको बताइएको छ ।











