तनहुँका सात पालिकामा सामी परियोजना

भञ्ज्याङ न्यूज

तनहुँका सात पालिकामा सुरक्षित आप्रवासन (सामी) परियोजना सञ्चालन हुने भएका छन् । व्यास, शुक्लागण्डकी, भानु नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालन हुँदै आएको परियोजना आगामि वर्षदेखि भिमाद नगरपालिका, बन्दिपुर र देवघाट गाउँपालिकामा परियोजना सञ्चालन गरिने भएको छ ।

सापी परियोजनाले सोमबार दमौलीमा पत्रकारसँग अन्तरक्रिया गरी परियोजनाले चालु आर्थिक वर्षमा गरेका उपलब्धी, चुनौति तथा सिकाईका विषयमा अन्तरक्रिया गरेको थियो ।

अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेश मिश्रले नेपालमा वैदेशिक रोजगारको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । गण्डकी प्रदेशका छ जिल्लामा यो परियोजना सञ्चालनमा रहेको उनले बताए।

कार्यक्रममा परियोजनाका तनहुँ संयोजक लुना रानाले तनहुँमा भएका गतिविधि तथा उपलब्धीका बारेमा जानकारी गराएकी थिइन् । चालु आर्थिक वर्षा आप्रवासी स्रोत केन्द्रबाट चार हजार ६६५ लाई व्यक्तिगत परामर्श, एक हजार ८०७ जनालाई वैदेशिक रोजगारी सम्बन्धी सूचना प्रदान गरिएको उनले जानकारी गराइन् ।

यस्तै, यस वर्ष१३ जना सीप तालिमका लागि सिफारिस र तालिम प्रदान गरिएको रानाले बताइन् । चालु आर्थिक वर्षा आप्रवासी स्रोत केन्द्रमा १२४ वटा वैदेशिक रोजगारीका क्रममा भएका समस्या दर्ता भएको रानाले बताइन् ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले वैदेशिक रोजगारीमा ठूलो समस्या रहेकाले सुरक्षित तवरबाट मात्रै वैदेशिक रोजगारमा जाने वातावरण सिर्जना गर्नुपर्ने आजको मुख्य आवश्यकता रहेको बताए । उनले यो परियोजना आगामि दिनमा नगरपालिकाले नै आन्तरिक स्रोतबाटै पनि सञ्चालन गर्ने योजना बनाएको बताए ।

नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहजीकरण र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तनहुँका चार स्थानीय तहमा ग्रामीण सशक्तीकरण समाजको सहजीकरणमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

यस्तै, जिल्लाका समै समुदायमा सूचना नपुग्नु, परियोजनाको तर्फबाट प्रवाह गरिएका सूचना भन्दा स्थानीय एजेन्टको सूचनामा सेवाग्राहीको बढी विश्वास गरेको, सीप तालिम विना वैदेशिक रोगारीमा जाने बढी, ठगीको व्यापकता, म्यानपावर कम्पनीको गठीमा न्यूनीकरण तर व्यक्तिगत ठगी तथा कन्सलटेन्सी मार्फ हुने ठगीमा वृद्धि, ठगी मुद्दा किनारामा ढिलाई, व्रि्रेषणको सही सदुपयोग नहुनु, खुल्ला सिमाना र घरेलु कामदारको रुपमा महिलाहरुलाई खाडी मुलुकमा जान वन्देज भएको कारण भारतको बाटो प्रयोग गरी महिलाहरुलाई वैदेशिक रोजगारीमा लैजाने गरिएका कारण महिलाहरु वेचविखनमा पर्ने गरेका लगायतका चुनौतीहरु रहेको सामी परियोजनाले औल्याएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker