बन्दीपुरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पवित्रा माविले जित्यो

बन्दीपुर : तनहुँको बन्दीपुरमा आयोजित अन्तर विद्यालय स्तरीय छैठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता को उपाधि वडा नं. १ स्थित पवित्र माध्यमिक विद्यालयले जित्न सफल भएको छ । विद्यालयले नौ स्वर्ण, पाँच रजत र चार काश्य सहित प्रथम हुन सफल भएको हो । पवित्र माविले प्रथम पुरस्कार स्वरूप शिल्ड मेडल प्रमाणपत्र र नगद रु. १५ हजार प्राप्त गरेको छ ।
योसँगै लगातार तेस्रो पटक शिल्ड जित्दै पवित्र माबिले ह्याट्रिक गर्न पनि सफल भएको हो । यसअघि पवित्र माविले लगातार दुई पटक पहिलो स्थानसहित उपाधि जितेसकेको थियो । लगातार ३ बर्ष उपाधी हात पारेसंगै पवित्राले मुख्य शिल्ड प्रमाणपत्र र नगद रु. १० हजार समेत हात पार्न सफल बनेको छ ।
यस्तै, प्रतियोगितामा वडा नम्बर १ कै मनासलु सेकेण्डरी इङलिस बोर्डिङ्ग स्कूलले छ स्वर्ण, एक रजत र तीन काश्य सहित दोस्रो हुन सफल भएको छ । द्वितीय पुरस्कार स्वरूप स्कूलले शिल्ड मेडल प्रमाणपत्र र नगद रु. १० हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा चार स्वर्ण, आठ रजत र चार कास्य सहित वडा नम्बर ३ स्थित शिव माध्यमिक विद्यालय तृतीय भएको छ । तृतीय पुरस्कार स्वरूप विद्यालयले शिल्ड मेडल प्रमाणपत्र र नगद रु. ५ हजार प्राप्त गरेको छ ।
यही माघ ५ गतेदेखि तीन दिनसम्म बन्दीपुर गाउँपालिका वडा नम्बर ४ टुडिखेलमा सञ्चालित प्रतियोगिता गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङको अध्यक्षतामा आयोजित प्रतियोगिताका विजयी समूह तथा खेलाडीहरुलाई शिल्ड मेडल प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेका गरिएको थियो ।
गाउँपालिकाका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा पालिकाका ९ विद्यालयका करिव ४५० विद्यार्थीहरु सहभागी रहेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भीम लामिछानेले बताए । प्रतियोगितामा दौड भलिबल, हाइजम्प, लंगजम्प, ज्याब्लीङ थ्रो लगायतका खेलहरु समावेश गरिएको थियो ।
खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै अध्यक्ष थापाले बन्दीपुरमा खेल निरन्तर अगाडि बढाउने बताए । थापाले पालिकाको खेलकुद क्षेत्रको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताउँदै भोलिका दिनमा बन्दीपुरमा खेल क्षेत्रको उल्लेख्य विकास हुने र यहाँबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने क्रम भइरहेको बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker