कात्तिक १५ गतेसम्म विद्यालय बन्द गर्न व्यास नगरपालिकाको अनुरोध, तत्काल लकडाउन नहुने

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरु कात्तिक १५ गतेसम्म बन्द गर्न अनुरोध गरेको छ । मगलबार नगरबासीलाई अनुरोध पत्र जारी गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगर क्षेत्रमा कोरोना भाइरस -कोभिड-१९) संक्रमण जोखिम उच्च बन्दै गएकाले खुल्ला गरिएका विद्यालयहरु कात्तिक १५ गतेसम्मका लागि बन्द गर्न अनुरोध गरेका छन्।

वैकल्पिक माध्यमहरुबाट सञ्चालित विद्यालयहरुमा प्रत्यक्ष कक्षा सञ्चालन भएको अवस्थामा संक्रमणको अवस्था अध्ययन गरी व्यवस्थापन समितिबाट निर्णय लिई विद्यालय बन्द गर्न भनिएको छ । नगरपालिकाको गत असोज ७ गतेको निर्णयानुसार असोज ११ गतेबाट नगर क्षेत्रका अधिकांश विद्यालय खुल्ला गरिएको थियो ।

व्यास नगरपालिकामा हाल विद्यालय, उद्योग व्यवसाय, निर्माण कार्य खुला भई यातायात समेत पूर्ण रुपमा सञ्चालनमा आएका छन् । दशै, तिहार जस्ता ठूला चाडहरुको समयमा घर परिवारका सदस्यहरु आउने जाने, व्यापार व्यवसाय चल्ने यस घडीमा तत्काल लकडाउनको परिकल्पना गर्न कठिन रहेको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रमा संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दा सावधानी र र्सतर्कता अपनाइएन भने तनहुँ जिललाकै सदरमुकाम रही छिमेकी जिल्लाहरुमा आइजाई गर्ने खासगरी दमौली बजार र वरपर संक्रमण भयावह हुने सम्भावना बढेको हुँदा स्वास्थ्य सुरक्षामा लापरवाही नर्गन नगरबासिलाई नगरप्रमुख न्यौपानेले अनुरोध गरेका छन् ।

नगरपालिकाबाट जारी अनुरोधमा बाहिरबाट आउने नगरवासीलाई विद्यालयको क्वारेन्टिन हटाइएको हुँदा नगरपालिकाबाट सञ्चालनमा ल्याइएको क्वारेन्टिनमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ नआउँदासम्म बस्नुहुन र तत्काल सजिलोका लागि घरमै क्वारेन्टिन बस्नेहरुबाट अन्य परिवारमा घुलमिल भई संक्रमण समुदायमा विस्तारित हुन आएको देखिंदा सुरक्षित क्वारेन्टिन बस्ने अवस्था नभएमा घरमा क्वारेन्टिन बस्ने गरी बाहिरबाट नआन भनिएको छ ।

पीसीआरको सम्पूर्ण खर्च नगरपालिका स्वयंले व्यहोर्नुपर्ने अवस्था हुँदा लक्षण देखिएमा मात्र परीक्षणका लागि नगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखामा सम्पर्क गर्नुहुन र पीसीआर गरेपछि त्यसको रिपोर्ट नआउँदासम्म बाहिर हिडडुल नगर्नु आग्रह गरिएको छ।

यस्तै, सम्पूर्ण यातायात क्षेत्रका सवारी धनी, चालक र सहयोगीहरुले स्वास्थ्य मापदण्ड पालना गरेर मात्र यात्रुहरुलाई सवार, जेष्ठ नागरिकहरु र दीर्घ रोग लागेका महानुभावहरु अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनु हुन, अत्यावश्यक काममा निस्कदा पनि स्वास्थ्य मापदण्ड पालना गरेर मात्र निस्कन भनिएको छ ।

संक्रमित भएकाहरु सुरक्षित होम आइसोलेसन नभएमा अस्पतालहरुबाट सञ्चालित आइसोलेसनमा न्यूनत्तम १४ दिन बस्नु हुन वा पुनः गरिएको पीसीआर नेगेटिभ नआउँदासम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई प्रभाव, दवाव सृजना गरी बाहिर वा घर नजान अनुरोध गरिएको छ ।

नगरपालिकाले ठूला चाडवाडको अवस्था रहेको हुँदा मानिसहरु भेला भई पूजा, वली, प्रार्थना, भोजभेतर गर्ने अवस्थाबाट संक्रमण विस्तारित हुने हुँदा त्यस्ता कुनै कार्यक्रमहरु नगर्न नगराउन अनुरोध गरेको छ । यस्तै, उद्योग व्यवसाय सञ्चालकहरुले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र पर्ूण्ा सावधानी र र्सतर्कतापूर्वक स्वास्थ्य मापदण्ड पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न र सम्पूर्ण नगरवासीले अत्यावस्यक कामका लागि मात्र स्वास्थ्य मापदण्ड पालना गरी मास्क लगाएर मात्र घर बाहिर निस्कन तथा सम्बन्धित काम सकिएपछि घर फर्किएर सुरक्षित बस्नु भनिएको छ ।

होटल, रेष्टुरेण्टहरु बेलुका ९ बजेसम्म मात्र सञ्चालन गर्न र २५ जना भन्दा बढी व्यक्तिहरु भेला जम्मा हुने गरी कुनै कार्यक्रमहरु सञ्चालन नगर्न नगराउनु हुन नगरपालिकाले आग्रह गरेको छ। यस्तै, उल्लेखित सावधानी र र्सतर्कता एवं नेपाल सरकारले तोकेका निशेध र मापदण्ड अपनाउने काममा सम्पूर्ण नगरवासी, सुरक्षा निकायबाट सदा झै सहयोग गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।

त्यस्तै, कोभिड-१९ को महामारीमा व्यास नगरपालिका पनि प्रभावित भएको र महामारीलाई रोकथाम गर्ने अभियानमा आइसोलेसन एवं क्वारेन्टिन राख्न सहयोग पुर्‍याउने विभिन्न शैक्षिक संस्था, दिन रात खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक सञ्चालsm नगरपालिका सवारी चालकहरुको विशिष्ट एवं मानवीय सेवामा पुर्‍याउनु भएको सहयोगका लागि व्यास नगरपालिका धन्यवाद ज्ञापन गरेको छ । यस अभियानमा सामाजिक क्षेत्रका संघ संस्था, विभिन्न महानुभावहरु, राजनैतिक दल, सञ्चारकर्मीबाट प्राप्त सहयोग र सद्भावको नगरपालिका सदा स्मरण गर्दछ भनिएको छ ।

यस्तै, व्यास नगरपालिकामा हालसम्म विदेशबाट १ हजार २०२ जनालाई क्वारेन्टिनमा र होम क्वारेन्टिनमा राखिएकोमा २ हजार ६ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये १७१ जनामा संक्रमण पुष्टि भएकोमा ९१ जना निको भएर घर फर्किएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा हाल ६५ जना सक्रिय संक्रमित रहेका छन भने दुइ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नगरपालिकाले समुदायका ५२९ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गरेको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker