बुल्दी खोलामा फोहोर फाल्नेलाई फूलमाला र पुरस्कारसहित सम्मान गर्ने अभियान

दमौली : बिहानको चिसो मौसममा पनि बुल्दी खोलालाई सफा र स्वच्छ बनाउने सपना बोकेर सामाजिक अभियान्ता सुदीप गफ्फार सरसफाइ अभियानमा जुटेका छन् ।
बुल्दी खोलामा फोहोर फाल्ने व्यक्तिलाई फूलमाला र पुरस्कारसहित सम्मान गर्ने उनको अनौठो अभियानले सबैको ध्यान आकर्षित गरेको छ । खोलामा फोहोर फाल्ने व्यक्तिलाई सम्मान गर्ने कुरा सुन्दा आश्चर्य लाग्न सक्छ, तर यस अभियानको उद्देश्य भने बुल्दी खोलालाई फोहोरमुक्त बनाउनु रहेको गफ्फार बताउँछन् ।
‘बुल्दी खोलामा फोहोर फाल्नेलाई फूलमाला र पुरस्कारसहित सम्मान गर्नेछौँ, तर हाम्रो उद्देश्य सम्मान होइन–बुल्दी खोलालाई फोहोरमुक्त बनाउनु हो’, सामाजिक अभियान्ता गफ्फारले भने ।
खोलामा फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै सरसफाइप्रति नागरिकको जिम्मेवारीबोध बढाउने उद्देश्यले अभियान अघि बढाइएको उनको भनाइ छ । बुल्दी खोलालाई स्वच्छ, सफा र फोहोरमुक्त बनाउन स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेको भन्दै गफ्फारले सबैलाई सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker