तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

दमौली : तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ ।
चरण–१ अन्तर्गतका संरचना निर्माणका क्रममा विस्फोट गर्दा आयोजना आसपासका क्षेत्रमा पुगेको असर तथा क्षति पुगेका परिवारलाई आयोजनाले क्षतिपूर्ति रकम वितरण गरेको हो  ।
ऋषिङ-१ र व्यास नगरपालिका-५ का गरी एक सय ४७ परिवारका घर तथा संरचनाको क्षति निर्धारण गरेपश्चात एक सय ३९ परिवारलाई रकम वितरण गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी परिवारको रकम वितरणको प्रक्रियामा छ ।
भण्डारीले क्षति भएका घरको अनुगमन पश्चात अधिकतम रु तीन लाख र न्यूनतम रु दश हजार क्षतिपूर्ति बापत रकम तोकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको रकम वितरण गरिएको छ । छ प्रतिशत परिवारले मात्रै रकम बुझ्न बाँकी छ ।”
संरचना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै स्थानीयबाट निवेदन आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा पूर्वाधार विकास कार्यालयका इञ्जिनियर, आयोजनाका इञ्जिनियरलगायत सदस्य हुनुहुन्छ ।
आयोजनाको चरण–१ अन्तर्गत बाँधलगायत संरचना निर्माण भइरहेको छ । यस चरणअन्तर्गतका संरचनाको निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ । हालसम्म ४२ दशमलव पाँच प्रतिशत प्रगति भएको प्रमुख भण्डारीले उल्लेख गर्नुभयो । यसअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण गर्न पूर्वतयारीका कार्य भइरहेका छन् ।
भण्डारीका अनुसार बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने, टावर क्रेन जडानलगायत कार्य सम्पन्न गरिएको छ । उहाँले भन्नुभयो, “बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा सफा गर्न, ड्रिलिङ, कङ्क्रिटिङ र माथिल्लो तटीय क्षेत्रमा ड्रिलिङ, ग्राउटिङलगायत काम जारी छ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker