पृथ्वीराजमार्गको आँवुखैरेनी–जामुने सडक खण्डको काम अन्तिमचरणमा

मादी नदी पुलको नेटवोर्क आर्च प्रविधिको काम अर्को आर्थिक वर्षबाट सुरु गरिने

तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्डलाई चार लेनमा बिस्तार गर्ने कार्य भइरहेको छ । वि.सं. २०२६ रेखाङ्कन गरिएको यस सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरी अहिले सडक बिस्तारको कार्यलाई तीब्रता दिइएको छ ।
पूर्वी खण्ड अन्तर्गत आँबुखैरेनी–जामुने खण्डको काम लगभग अन्तिमचरणमा पुगेको मुग्लिन–पोखरा सडक विस्तार योजनाले जनाएको छ। योजनाका इन्जिनियर विष्णु पाण्डेका अनुसार मार्च १५ गतेसम्म ८१ प्रतिशतको हाराहारीमा भौतिक प्रगति छ भने ६१.९ प्रतिशत आर्थिक प्रगति पुगेको छ ।
उनले भने, ‘योजना अन्तर्गत पूर्वी खण्डमा दुई वटा ठेक्का रहेका छन् । एउटा आँबुखैरेनी–जामुने सडक स्तरोन्नती र अर्को मादी नदीमा पुल निर्माण गर्ने कार्यको ।’
सडक स्तरोन्नती अन्तरगत साना र ठुला गरी १७ वटा पुल निर्माणको जिम्मा रहेकोमा डुम्रेस्थित पिप्ले खोलाको पुल निर्माणाधिन अवस्थामा रहेको र अन्यको निर्माण सम्पन्न भएको उनले बताए । ४१.४५ किलोमिटर दुरी रहेको पूर्वी खण्डमा ७३.६३ किलोमिटर एकतर्फी सडक पहिलो तहको कालोपत्र भएको छ। उनले भने, ‘यस खण्डमा करिव ३६ किलोमिटर ४ लेन र १.६३ किलोमिटर २ लेन सडक कालोपत्र गरिएको छ ।’
यस्तै, २७.५२ किलोमिटर ४ लेन, ४.६६ किलोमिटर २ लेन गरी ६० किलोमिटर सडक एकतर्फी दोस्रो तहको कालोपत्र भएको पूर्वी खण्डका इन्जिनियार पाण्डेले बताए। ‘दमौली बजार, छिर्कन खण्ड, डुम्रे बजार, बिमलनगरको चुनपहरा खण्डमा काम बाँकी रहेको र यहिले यीनै खण्डलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं’, उनले भने, ‘दमौली बजार क्षेत्रमा कालोपत्रे गर्नलाई तीव्रता दिएका छौं। छिर्कन क्षेत्रमा हप्तादश दिनमा कालोपत्रे सम्पन्न हुने र बिमलनगरमा मस्र्याङ्दी नदी किनारबाट वल उठाउने कामलाई तीब्रता दिइएको छ ।’
यस्तै, मुआब्जा बितरणको काम पनि क्रमबद्ध रुपमा भइरहेको योजनाले जनाएको छ । दमौली बजार क्षेत्रमा राइट अफ वेमा आएका ७५ वटा भौतिक संरचना भत्काउनु पर्नेमा २५ जनाको बाँकी रहेको पाण्डेले बताए। उनले भने, ‘२५ जनामध्ये १४ जनाले पहिलो किस्तापनि लगेका छैनन् । दमौली बजार क्षेत्रका लागि ५ करोड २२ लाख रुपैयाँ मुआब्जा निधारण गरिएको छ ा’
पुर्वी खण्डमा ८०५ भौतिक संरचना भत्काउनु पर्नेमा डुम्रे र दमौली बजार क्षेत्रका केही भौतिक संरचनाहरु मात्रै बाँकी रहेको बताइएको छ । योजनाले करिव २९ करोड ८५ लाख रुपैयाँ मुआब्जा निर्धारण गरेकोमा २५ करोड ४५ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।
वि.सं. २०८१ वैशाखसम्म काम सक्ने गरी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता गरेको थियो । तर, तोकिएको समय अवधिभित्र काम सम्पन्न नभएपछि तेश्रोपटक म्याद थप गरी कामलाई निरन्तरता दिइएको छ ।
यस्तै, सन् २०२५ सेप्टेम्बरमा काम सक्ने गरी एक अर्ब २१ करोड रुपैयाँमा मादी पुलको ठेक्का ११ अगष्ट २०२२ मा सम्झौता भएको थियो। पुलको भौतिक प्रगति ६७.५८ प्रतिशत र आर्थिक प्रगति ५६.३४ प्रतिशत छ ।
पुल निर्माणका लागि फाउन्डेसन, पाइल र सवस्टक्चर, पिल्लर सम्बन्धी सम्पूर्ण काम सम्पन्न भईसकेको छ । सुपर स्टक्चरमा ६ वटा स्पान हुनेमा ३ वटाको ढलान सम्पन्न र एउटाको काम हुँदैछ । बाँकी दुई वटा नेटवोर्क आर्च प्रविधिमा बन्ने भएकाले वर्षायाम नजिकिएकाले उक्त काम आगमी आर्थिक वर्षपछि मात्र सुरु गर्ने योजनाले जनाएको छ ।
यस्तै, पश्चिम खण्डको सडक विस्तार गर्न २०७८ जेठ ३ गते सम्झौता भएको थियो । तोकिएको समयमा काम नसकिएपछि आगामी मध्य पुससम्म म्याद थपिएको पश्चिम खण्डका इन्जिनियर कृष्ण बहादुर कुँवरले बताए ।
जामुने–पोखरा ३८ किलोमिटर सडक विस्तारका लागि पनि चिनियाँ कम्पनी एनहुई केयुयन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रूपैयाँमा (सेती पुलबाहेक) ठेक्का सम्झौता गरेको थियो । ३८.८८ किलोमिटर दुरी रहेको पश्चिम खण्डको ४५.०४ प्रतिशत भौतिक प्रगति र ३१.५४ प्रतिशत आर्थिक प्रगति भएको इन्जिनियर सौजन्य नेपालले बताए । उनका अनुसार १५.६४ किलोमिटर चार लेन र १६.१९ किलोमिटर २ लेन गरी ३१.८४ किलोमिटर एकतर्फी प्रथम तहको कालोपत्र सम्पन्न भएको छ ।
‘पश्चिम खण्डमा निर्माण गर्नुपर्ने १२ वटा पुलमध्ये ५ वटा पुल सम्पन्न भएको छ भने अरु निर्माणधिन अवस्थामा छन्’, उनले भने, ‘सेति पुल निर्माणको काम पनि तीव्रताका साथ चलिरहेको छ । पुलमा १२० वटा पाईल, ४ वटा पाइल क्याम निर्माण गर्नुपर्नेमा सबै सम्पन्न भएको र ४ वटा टावर मध्ये ३ वटा टावर निर्माणको काम पनि सम्पन्न भएको छ ।’
सेती पुल निर्माणका लागि रसुवा कन्स्ट्रक्सन कम्पनी प्रा.लि काठमाडौंसंग ७ सेप्टेम्वर २०२२ मा एक अर्ब ७ करोड रूपैयाँमा छुट्टै सम्झौता भएको थियो । पुलको भौतिक प्रगति ४३.०२ प्रतिशत र आर्थिक प्रगति ३४.१४ प्रतिशत भएको योजनाले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker