भानुमा एआई एक्स–रे शिविर, ३९४ जनाको परीक्षण गर्दा २३ जना सम्भावित क्षयरोगी पहिचान

भानु : तनहुँको भानु नगरपालिका–३ खहरेस्थित स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण शिविरबाट २३ जना सम्भावित क्षयरोगी पहिचान भएका छन्।
भानु नगरपालिकाले प्रदेश जनस्वास्थ्य कार्यालय दमौलीको सहकार्य तथा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरेको उक्त कार्यक्रममा कुल ३९४ जनाको छातीको एक्स–रे परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा २३ जनामा क्षयरोगसँग मिल्दोजुल्दो लक्षण तथा संकेत देखिएपछि उनीहरूलाई थप पुष्टि तथा आवश्यक प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल दमौलीमा रिफर गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी गराए ।
कार्यक्रममा प्रयोग गरिएको एआई प्रविधिले एक्स–रे रिपोर्टको प्रारम्भिक विश्लेषण गरी क्षयरोगको सम्भावित जोखिम भएका व्यक्तिहरूलाई छिटो पहिचान गर्न सहयोग गरेको उनले बताए । उनका अनुसार आधुनिक प्रविधिको प्रयोगले समुदायस्तरमै रोगको प्रारम्भिक स्क्रीनिङलाई प्रभावकारी, छिटो र सहज बनाएको छ ।
भानु नगरपालिकाले नागरिकलाई गुणस्तरीय तथा पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ। नगरपालिकाका प्रतिनिधिहरूले क्षयरोग नियन्त्रण तथा उन्मूलन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य कार्यालय तथा साझेदार संस्थाबीचको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताएका छन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार क्षयरोग नेपालमा अझै पनि चुनौतीपूर्ण संक्रामक रोगका रूपमा रहेको छ। समयमै पहिचान गरी उपचार प्रक्रिया सुरु गर्न सके संक्रमण फैलिन नदिन तथा बिरामीको स्वास्थ्य अवस्था सुधार गर्न महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ।
विशेषज्ञहरूले समुदायस्तरमा नियमित स्क्रीनिङ, जनचेतना अभिवृद्धि तथा आधुनिक प्रविधिको प्रयोगमार्फत क्षयरोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सकिने बताएका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यस्ता शिविरले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker