भिमादको वडा नं. ९ मा विद्युतका काठे पोल विस्थापित गरिंदै

तनहुँको भिमाद नगरपालिका-९ मा विद्युतका काठे पोल विस्थापन गर्न शुरुआत गरिएको छ। काठे पोलले जोखिम बढाएपछि वडाका विभिन्न ठाउँमा काठे पोल विस्थापन गरी फलामे पोल राख्न शुरु गरिएको हो ।

उक्त वडाको पाथर्दी, जौपानी, सखेप, कटनछाप लगायत ठाउँमा काठे पोल हटाएर फलामको पोल राख्न शुरु गरिएको वडाध्यक्ष इमानबहादुर थापाले बताए ।

‘वडाभित्र करीब डेढ/दुइ सय काठको पोल बाँकी छन्, सबै विस्थापित गछौ’, थापाले भने, ‘त्यसका लागि स्थानीयवासीसँग सहकार्य गरेका छौँ ।’

यसका लागि स्थानीयवासीले ढुवानी र गाड्ने काममा श्रमदान गरेका छन् भने पोल नगरपालिकाले उपलब्ध गराएको छ । गण्डकी प्रदेश सरकारको काठे पोल विस्थापन कार्यक्रममार्फ नगरपालिकाका विभिन्न वडामा फलामको पोल उपलब्ध गराइएको छ ।

“काठे पोलले जोखिम बढाइरहेको थियो, हरियो रूख र बारीका कान्लाहरूमा लामो समयदेखि तारहरू असुरक्षित थियो, सबैलाई व्यवस्थापन गर्ने काम भइरहेको छ”, वडाध्यक्ष थापाले बताए । पाथर्दीका युवा शिवकुमार आलेले स्थानीयवासीले पोल ढुवानीका लागि श्रमदान गरिरहेको जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker