चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा आज चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दश वर्षीया अनुजा विक रहेकी छिन् ।

फुपुको घरमा जाँदै गरेको अवस्थामा चितुवाको आक्रमणबाट विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय भानुको टोली घटनास्थलमा गएको छ ।

डिभिजन वन कार्यालयले घटनास्थल वरपर सबै सतर्क भइ सुरक्षित रहन आग्रह गरेको छ । कार्यालयले चितुवासँग जोगिन साँझ तथा रातिको समयमा घरगोठ उज्यालो बनाउन तथा एक्लै नहिँड्न आग्रह गरेको छ । तनहुँमा पछिल्लो केही वर्ष यता चितुवाको त्रास बढ्दो छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker