रेशम गुरुङको शब्द, लयको ‘जाम माया पोखरा’ कौरा/चुड्का गीत सार्वजनिक

तनहुँ : रेशम गुरुङको शब्द, लयमा रहेको ‘जाम माया पोखरा’ बोलको कौरा/चुड्का गीत सार्वजनिक गरिएको छ । गीतमा रेशम गुरुङ, लोक तथा दोहोरी गायक सुरेन्द्र गुरुङ र जुना श्रीष मगरको आवाज, आनन्द गुरुङ र लक्ष्मी गुरुङको अभिनयमा मौलिक गीत सार्वजनिक गरिएको हो ।
मगर र गुरुङ समुदायमा प्रचलित कौरा गीत सुरेन्द्र सुरेन्द्र गुरुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । अग्रज कलाकार पर्सन गुरुङले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा आनन्द गुरुङ लक्ष्मी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । सुर साधना स्टुडियोमा रेकर्ड गरिएको गीतको दुर्गा पौडेलले छायाङ्कन गरेका छन् । दाङसिङ मोदी खोला र पोखरा आसपासको परिवेशलाई समेटेर कौरा गीत निकालिएको छ ।
तनहुँको भिमाद नगरपालिका ऋषिङ पाटन जन्मथलो भएका रेशम गुरुङले परम्परागत संस्कार संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि कौरा/चुड्का गीतहरुमा लय तथा शब्द भर्दै आएका छन् ।
भिडियो लिंक