व्यासमा ऊर्जा मैत्री भवन सम्बन्धी तालिम

दमौली : तनहुँको व्यास नगरपालिकाको आयोजनामा आइतबारदेखि इञ्जिनियर र आर्किटेक्टहरुलाई लक्षित गरी ऊर्जा प्रभावकारी भवन डिजाइनसम्बन्धी तीनदिने तालिम सञ्चालन गरिएको छ । तालिम बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल र यूरोपियन युनियन अन्तर्गतको स्वीच एशिया अनुदान कार्यक्रमसँगको सहकार्यमा सञ्चालन गरिएको हो ।

तालिको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गलत सामग्री र विधिले भवन असुरक्षित बन्ने भएकाले निर्माणमा विशेष सावधानी आवश्यक रहेको बताए। उनले भने, “सुरक्षाका लागि बनाइने घर नै असुरक्षाको कारक बन्न सक्छ । असुरक्षा केवल भूकम्प वा दुर्घटनासँग मात्र होइन, ऊर्जा र स्वास्थ्यसँग पनि जोडिएको हुन्छ ।”

तालिममा हावापानीअनुसार उपयुक्त भवन डिजाइन, तापीय सुविधा, झ्याल–ढोका तथा भेन्टिलेशनमा सिसाको प्रयोग, ताप–प्रकाशको सम्बन्ध, ऊर्जा प्रभावकारी निर्माण सामग्री, मापदण्ड तथा सहुलियत ऋणलगायत विषय समेटिएका छन् । बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपालकी आर्किटेक्ट संगिता थापाले भवन निर्माणमा कार्बन फुटप्रिन्ट न्यूनीकरण र ऊर्जा खपत घटाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् ।

नगरपालिकाका वरिष्ठ इञ्जिनियर राजु पौडेलले भवन डिजाइन र निर्माणमा सुधारका प्रयास अघि बढाइरहेको बताए भने घर नक्सा शाखाका प्रमुख इञ्जिनियर अमृत केसीले प्रदूषण र कार्बन उत्सर्जन नियन्त्रणका लागि ऊर्जा प्रभावकारी भवनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

परियोजनाबारे जानकारी दिंदै बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपालकी पोकल पर्सन अन्सु पाहारीले हालसम्म ६० वटा स्थानीय तहमा परियोजना सञ्चालन भइरहेको र तनहुँमा पहिलोपटक व्यासमा सुरु गरिएको बताइन् । तालिममा व्यास नगरपालिकाका इञ्जिनियर, आर्किटेक्ट, प्राविधिक तथा नगरपालिकामा सूचीकृत कन्सल्टेन्सीका प्रतिनिधिसहित ३५ जनाको सहभागिता रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker