सत्यसाई सहकारी डुम्रेको १७औं साधारण सभा, अध्यक्षमा श्रेष्ठ

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सत्यसाई बचत तथा ऋण सहकारी संस्थाले १७औं बार्षिक साधारण सभा तथा ७औ निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष राज कुमार श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रमको बन्दीपुर गाउँपालिका–१ शिव कुमार श्रेष्ठले उद्घाटन गरेका थिए भने संस्थाका सचिवले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिल कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कोषाध्यक्ष श्रेष्ठले रु. १५ करोड ५३ लाख ३० हजार १६ रुपैयाँ बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकोमा रु. ३ करोड २ लाख ८० हजार ३०० शेयर पूँजी, रु. ८ करोड ३३ लाख ५३ हजार ५१६ बचत निपेक्ष, रु. ९ करोड ७८ लाख ३६ हजार ४५६ कर्जा संचालनमा रहेको उल्लेख गरिएको छ ।
कार्यक्रममा संस्थाले उत्कृष्ठ ९ जान असल सदस्यहरुलाई सम्मान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तरगत सदस्यका छोराछोरीबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरिएको संस्थाका व्यवस्थापक अमृत बस्नेतले जानकारी गराए ।
यस्तै, सभाले दोस्रो कार्यकालको लागि अध्यक्ष राज कुमार श्रेष्ठ अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।










