तनहुँमा एक हजार १८२ मेट्रिकटन दूध उत्पादनमा वृद्धि, अनुदानबापत रु ९७ लाख वितरण

दमौली : पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लाका स्थानीय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले अनुदानको कार्यक्रम ल्याएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका छन् । त्यसकारण जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ७४ हजार ७५५ मेट्रिकटन दूध उत्पादन भएको कार्यालय प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७३ हजार ५७२ मेट्रिकटन दूध उत्पादन भएको थियो । उहाँका अनुसार एक हजार १८२ मेट्रिकटन दूध उत्पादनमा वृद्धि भएको छ ।

जिल्लाभर १३ हजार ९९२ दुधालु गाई, २१ हजार ५०३ दुधालु भैँसीको सङ्ख्या रहेको कार्यालयले जनाएको छ । दुधालु गाईको सङ्ख्या ३०४ र भैँसीको सङ्ख्या २६१ ले वृद्धि भएको छ ।

यस्तै जिल्लामा ऊन उत्पादनसमेत वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा २८९ किलो ऊन उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २७३ किलो ऊन उत्पादन भएको थियो । जिल्लामा भेडाको सङ्ख्या ७२३ रहेको छ ।

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर छ । प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यकता पर्नेमा ११८ दशमलव ५४ लिटर उपलब्धता रहेको अधिकारीले बताउनुभयो । त्यस्तै प्रतिव्यक्ति १४ किलो मासु आवश्यक पर्नेमा १४ दशमलव ४१ किलो उपलब्धता रहेको छ । अण्डा ४८ गोटा आवश्यक पर्नेमा ८३ गोटा उपलब्धता छ । दूधमा २७ दशमलव ५४ लिटर, मासुमा शून्य दशमलव ४१ किलो र अण्डामा ३५ गोटाले बढी छ । माछामा भने तनहुँ आत्मनिर्भर बन्न सकेको छैन । प्रतिव्यक्ति सात किलो माछा आवश्यक पर्नेमा शून्य दशमलव २८ किलो मात्रै उपलब्धता छ ।

दूधमा अनुदानबापत रु ९७ लाख वितरण

कार्यालयले दुग्ध उत्पादक कृषकलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो ।

केन्द्रमार्फत दूधमा अनुदान वितरण कार्यक्रम दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कृषकलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरिएको थियो । अधिकारीले उत्पादनका आधारमा अनुदान दिने नीतिले दुग्ध उत्पादनतर्फ कृषक आकर्षित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुग्ध उत्पादनमा कृषकलाई आकर्षित गराउने उद्देश्यसहित प्रतिलिटर रु तीनका दरले अनुदान वितरण गरेका छौँ ।” रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker