तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माण स्थल

तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरमा निर्माणाधिन १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माण स्थल । आयोजनाका प्याकेज-१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काएर अहिले अस्थायी बाँध निर्माण भइरहेको छ । ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ को सिमाना भएर बग्ने सेती नदीमा १४० मिटर अग्लो मुख्य बाँध निर्माण गरिने छ । यो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन (प्राली) नेपाल जेभीले डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ । तस्विर : भञ्ज्याङ










