४० हजार बिरुवा उत्पादन गरी वितरण गर्दै डिभिजन वन कार्यालय तनहुँ

दमौली : डिभिजन वन कार्यालय तनहुँले ४० हजार बिरुवा उत्पादन गरी वितरणको तयारी गरेको छ । कार्यालयको हाताभित्र रहेको नर्सरीमा विभिन्न प्रजातिका ४० हजार बिरुवा उत्पादनको तयारी गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका सहायक वन अधिकृत नवीन विकले पाँच हजार जडीबुटीका बिरुवा, पाँच हजार बहुवर्षीय अन्तर्गत विरुवा र ३० हजार अन्य बिरुवा उत्पादन भइरहेको जानकारी दिए । उनका अनुसार जडीबुटीअन्तर्गत टिमुर, सिप्लीगान, दालचिनीलगायतका बिरुवा उत्पादन भइरहेको छ ।
कार्यालयले यहाँ उत्पादित बिरुवा सर्वसाधारण एवं समूहलाई निःशुल्क वितरण गर्ने गर्दछ । गत आर्थिक वर्षमा कार्यालयले ८२ हजार बिरुवा वितरण गरेको थियो। जिल्लाका विभिन्न स्थानबाट बिरुवा लिनका लागि कृषकहरू कार्यालयमा आउने गरेका छन् । कार्यालयमा अन्यभन्दा डालेघाँसको माग बढी रहेको छ । पशुपालनमा सक्रिय कृषकहरू डालेघाँसका लागि विरुवा लिन आउने गरेको विकको भनाइ छ ।
कार्यालयबाट तेजपात, बेल, टिमुर, अशोका, कमपुर, म्याङ्गो स्टिक, अम्बा, सिप्लीगान, राजवृक्ष, पारिजात, शितलचिनी, बडहर, इपिल इपिल, लप्सी, अमला, चाँप, निमारो, कटहरे, जामुन, कल्की, हर्रो, बर्रो, सिरिष प्रजातिका बिरुवा वितरण गरिनेछ । विकले भने, “बिरुवा लगेर मात्र हुँदैन, त्यसलाई संरक्षण गरेर हुर्काउनुपर्छ, बिरुवा लैजानेलाई पनि यस बारेमा सचेत गराउँछौँ ।”
कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षरोपणका लागि समेत बिरुवा वितरण गर्ने गरेको छ । जिल्लालाई हरियाली बनाउन र वन हराभरा बनाउन बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको डिभिजन वन कार्यालयका प्रमुख शरद् अधिकारीले जानकारी दिए ।
जिल्लाका कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६१६ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन रहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker