देवघाटधाम प्लास्टिक निषेधित क्षेत्र

पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ । देवघाट क्षेत्र विकास समितिले आज एक कार्यक्रम आयोजना गरी उक्त घोषणा गरिएको हो ।

देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र बनाउने अभियानमा देवघाट क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकासहित विभिन्न धार्मिक आश्रम, डब्लुडब्लुएफ, ‘सहमति संस्था’ तथा ‘नदीसँगै हामी’ अभियानलगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।

भरतपुर महानगरपालिका–१ देवघाटस्थित बसपार्कमा आयोजित घोषणा कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले देवघाटधामलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्ने उद्देश्य सफल बनाउन सबै सरोकारवालाले आआफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “घोषणामा मात्र सीमित हुनु ठूलो कुरा होइन, यसको प्रभावकारी कार्यान्वयन नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।”

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले प्लास्टिकको उचित व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । आवश्यक कानुन निर्माण गरी अभियानलाई सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले देवघाट क्षेत्र मात्र नभई सिङ्गो नारायणी नदी प्रदूषित अवस्थामा रहेको उल्लेख गर्दै देवघाटबाट अभियान सुरु गरी प्लास्टिकजन्य वस्तुको प्रयोग क्रमशः निरुत्साहित गरिने र यसको विकल्पका रूपमा वातावरणमैत्री उपायहरू अवलम्बन गरिने बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker