भिमादका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र

भञ्ज्याङ समाचारदाता/दमौली

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत वैशाख ३० गते सम्पन्न मतदानबाट तनहुँको भिमाद नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

नवनिर्वाचित नगरप्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल लगायतलाई बुधबार एक कार्यक्रमका बीच निर्वाचन अधिकृत रामचन्द्र शर्माले प्रमाणपत्र प्रदान गरेका हुन् । नगरको प्रमुख र उपप्रमुखमा निर्वाचित दुवै जना नेकपा एमालेबा उम्मेदवार बनेका हुन् ।

सम्पन्न निर्वाचनमा नगरप्रमुखमा सुवेदीले आठ हजार १२८ मत प्राप्त गरेका थिए भने उपप्रमुखमा निर्वाचित खनालले सात हजार ६६७ मत प्राप्त गरेकी छन् । खनाल पुनः दोश्रो पटक पनि उपप्रमुखमा निर्वाचित भएकी हुन् ।

कूल २४ हजार ८८४ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा १६ हजार १४९ मत खसेको थियो । भिमाद नगरपालिका-२, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ भने १, ४, ५, ६ नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तै, नगरप्रमुखमा निर्वाचित भएपछि दधिराज सुवेदीले मतदातालाई धन्यवाद दिइएका छन् । गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित सुवेदीले बुधबार सामाजिक सञ्चालमार्फत् मतदाता लगायत सबैप्रति आभार व्यक्त गरेका हुन् ।

उनले यस पटक भिमाद नगरपालिकाको प्रमुख पदको निर्वाचनमा उमेदवारी सिफारिस गर्ने नगर कमिटी, जिल्ला कमिटी र टिकट दिने गण्डकी प्रदेश कमिटी तथा नेतागणहरु विजय सुनिश्चितताको लागि लाग्ने नेता किरण गुरुङ, टुकराज सिग्देल लगायत प्रदेश कमिटीका कमरेड केदार सिग्देल लगयतका कमरेडहरु सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।

नगरप्रमुख सुवेदीले हामीलाई अत्यधिक मत दिएर विजवी गराउनुहुने हाम्रो पार्टीका कार्यकर्ताहरु, समर्थकहरु, मतदाताहरुको साथै हाम्रो होइन राम्रोलाई रोजौ भन्ने अन्य विभिन्न पार््टी, नागरिक समाज र बुद्धिजीवी साथीहरू सबैलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker