तनहुँमा विकास बजेट कार्यान्वयनको अवस्था कमजोर

सङ्घीय र प्रदेश सरकारमार्फत तनहुँका लागि विनियोजित विकास बजेट खर्च न्यून रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि यहाँ विनियोजित विकास बजेट खर्च न्यून देखिएको हो ।

सङ्घीय सरकारमार्फत विनियोजित विकास बजेटमध्ये चालु वर्षको हालसम्मको अवधिमा आठ दशमलव ६९ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये सोही अवधिमा १३ दशमलव ३१ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

“योजना छनोट गरेर लागू गरेपछि बोलपत्र प्रक्रिया हुन्छ । बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा केही समय लाग्ने भएकाले सुरुका महिनामा काममा ढिला हुने गरेका खर्च पनि कम देखिएको हो”, कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभयो । आवको अन्तिममा धेरै बजेट खर्च हुने गरेको उहाँको भनाइ छ ।

सङ्घीय सरकारमार्फत तनहुँका लागि पुँजीगततर्फ रू तीन अर्ब १५ करोड ७२ लाख ६० हजार तीन सय ९० विनियोजन भएको थियो । छ महिनाको अवधिमा रू २७ करोड ४३ लाख ७२ हजार एक सय ७५ खर्च भएको छ । आन्तरिक राजस्व कार्यालयका लागि पुँजीगततर्फ रू तीन करोड ३८ लाख ६५ हजार विनियोजन भएकामा रू ८४ लाख तीन हजार एक सय ३८ खर्च भएको छ । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका लागि रू दुई करोड २६ लाख ५० हजार विनियोजन भएकामा रू २५ लाख १८ हजार एक सय ७४ खर्च भएको छ ।

त्यस्तै भानुभक्त प्राणी उद्यानका लागि रू एक करोड ३५ लाख ४० हजार विनियोजन भएकामा रू ५० हजार खर्च भएको छ । सडक डिभिजन कार्यालयका लागि रू ६० करोड ९१ लाख विनियोजन भएकामा रू आठ करोड ५४ लाख ६८ हजार चार सय ६० विनियोजन भएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का लागि रू दुई अर्ब नौ करोड ९९ लाख ६८ हजार विनियोजन भएकामा रू १३ करोड चार लाख ८२ हजार आठ सय ६७ खर्च भएको छ । नयाँ सहर आयोजना कार्यालयका लागि रू २६ करोड १५ लाख विनियोजन भएकामा रू ५४ लाख ३८ हजार पाँच सय २२ खर्च भएको छ ।

प्रदेश कार्यालयको खर्च १३ दशमलव ३१ प्रतिशत

गण्डकी प्रदेश सरकार मातहत तनहुँमा रहेका कार्यालयको विकास खर्च पनि निराशाजनक छ । साउनदेखि हालसम्म विकास खर्च १३ दशमलव ३१ प्रतिशत मात्रै रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । पुँजीगततर्फ रू दुई अर्ब ६९ करोड ४३ लाख ३१ हजार बजेट विनियोजन गरिएकामा छ महिनामा रू ३५ करोड ८८ लाख ६१ हजार दुई सय २३ खर्च भएको जनाइएको छ ।

व्यावसायिक किट विकास केन्द्रका लागि रू एक करोड २५ लाख ४० हजार विनियोजन गरिएकामा रू २१ लाख ७५ हजार छ सय २८ खर्च भएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका लागि रू १० करोड चार लाख ५० हजार विनियोजन गरिएकामा रू एक करोड ३२ लाख ७६ हजार दुई खर्च भएको छ ।

पूर्वाधार विकास कार्यालयका लागि रू एक अर्ब ७२ करोड २४ लाख ३१ हजार विनियोजन गरिएकामा रू २२ करोड ५२ लाख ५३ हजार चार सय ४० खर्च भएको छ भने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका लागि रू २१ करोड ५१ लाख विनियोजन गरिएकामा रू दुई करोड १९ लाख ९५ हजार आठ सय २० खर्च भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका लागि रू ४३ करोड ६० लाख विनियोजन गरिएकामा रू सात करोड ६७ लाख सात सय ४४ खर्च भएको छ । घरेलु तथा साना उद्योग कार्यालयका लागि पुँजीगततर्फ रू एक करोड ९२ लाख ४० हजार विनियोजन गरिएकामा हालसम्म खर्च भएको छैन ।

प्रदेश मातहतका कार्यालयका लागि चालुतर्फ रू ८४ करोड ४६ लाख तीन हजार ६७ विनियोजन गरिएकामा रू १६ करोड ३६ लाख ४१ हजार छ सय २९ खर्च भएको छ । चालु र पुँजीगत गरी कूल रू ५२ करोड २५ लाख दुई हजार आठ सय ५३ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker