निर्वाचनमा खट्टिए कर्मचारी

तनहुँ नर्वाचन क्षेत्र नं. १ को विभिन्न मतदान केन्द्रमा खट्टिएका निर्वाचन अधिकारी तथा कर्मचारीहरु निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्र तर्फ जाने तयारी गर्दै । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा १४४ वटा मतदान केन्द्र कायम गरिएको र ती मतदान केन्द्रमा मतदान अधिकृत र आवश्यक कर्मचारी र निर्वाचन सामाग्रि सहित टोली खट्टिएका छन् । जिल्लाका मतदान केन्द्र मध्ये ८ वटा अति संवेदनशील, ५२ वटा संवेदनशील र ८४ वटा सामान्य रहेको सूचिमा राखिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










