विद्यालयमा सांस्कृतिक कार्यक्रम

तनहुँको भानु नगरपालिका–१२, बयापानीस्थित श्री विद्या निकुञ्ज माध्यमिक विद्यालयले आयोजना गरेको प्रतिभा पहिचान तथा सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरु । कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य, कला तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । विद्यार्थीको अन्तर्निहित प्रतिभा पहिचान, सिर्जनशीलता अभिवृद्धि तथा नेपाली कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । ‘संस्कृतिको संरक्षण, प्रतिभाको सम्मान’ गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्य हाम्रो अभियान’ भन्ने नारासहित विद्यालयले विद्यार्थीको प्रतिभा विकास र गुणस्तरीय शिक्षामा जोड दिएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker