जिल्ला लिगको फाइनलमा अजम्बरी र दोभान भिड्दै

रासस/नवलपुर

तनहुँ जिल्ला फुटबल संघ (एन्फा)को आयोजनामा भिमादमा जारी जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता आज शुक्रबार हुने भएको छ । जिल्ला लिगको फाइनलमा बन्दिपुरको अजम्बरी युवा क्लव र व्यासको दोभान युवा क्लव बीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।

भिमादमा बिहीबार सम्पन्न सेमिफाइनल खेलबाट अजम्बरी र दोभानले फाइनलको यात्रा तय गरेका हुन् । भिमाद युवा क्लवलाई हराउँदै दोभान फाइनलमा पुगेको हो । निर्धारित समयमा दुबै क्लवबाट एक/एक गोल भएको थियो । ट्राइबेकरमार्फत दोभान फाइनलमा पुगेको छ ।

यसैगरी बन्दिपुरस्थित अजम्बरी युवा क्लवले खैरेनीटार युवा क्लवलाई हराउँदै फाइनलको यात्रा तय गरेको छ । अजम्बरीले खैरेनीटारलाई २-१ ले हराएको हो । प्रतियोगिताको फाइनल खेल शुक्रबार दिउँसो १:३० बजेबाट भिमादमा हुने संघका उपमहासचिव टिकाराम पनेरुले जानकारी गराए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद एक लाख र द्वितीय हुनेलाई नगद ५० हजार रुपैयाँ र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ । प्रतियोगितामा जिल्लाका दश क्लवको सहभागिता रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker