तनहुँको शुक्लागण्डकी–१२ ले जित्यो मिलिजुली कपको उपाधि

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेमा आयोजित ७औं मिलिजुली कप पुरुष भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी १२ ले जितेको छ । ३४ टिमको सहभागिता रहेको प्रतियोगितामा आयोजक मिलिजुली युवा क्लवलाई पराजित गर्दै शुक्लागण्डकी–१२ विजेता बन्न सफल भएको हो ।
प्रयितेगितामा विजेता शुक्लागण्डकी–१२ लाई नगद एक लाख, उपविजेता बनेको आयोजकलाई नगद ६० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा बागेश्वरी युबाक्लब बन्दिपुर–६ तृतीय भई  नगद ४० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वनाको उपाधी बन्दीपुर–३ हल्थुम्का प्राप्त गर्दै नगद दश हजार मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगिताका बिजेताहरूलाई बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले पुरस्कार वितरण गर्दै ग्रामीण बस्तिमा लुकेर रहेका प्रतिभालाई पहिचान गर्न यस खालका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले पालिकाले खेलकुदका गतिविधि सञ्चालनका लागि आवश्यक सहयोग गर्दै आएको समेत स्पष्ट पारे ।
बन्दीपुर–६ का वडा अध्यक्ष बलबहादुर गुरुङले खेलकुद स्वास्थ्यका लागि पनि आवश्यक रहेको बताउँदै मिलिजुली यूवा क्लवले हरेक वर्ष वडास्वरीय खुल्ला भलिवल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको बताए ।
कार्यक्रममा मिलिजुली यूवा क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्जा मगरले सबैको साथ र सहयोगले क्लबले आजसम्मको यात्रा गरेको चर्चा गर्दै क्लबको गतिविधिलाई निरन्तरता दिन सबैको साथ सहयोगको खाँचो रहेको बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker