तनहुँको दमौलीमा राष्ट्रिय योग दिवसमा योगाभ्यास

भञ्ज्याङ समाचारदाता (दमौली)

राष्ट्रिय योग दिवसका अवसरमा दमौलीमा ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ साताव्यापी योग शिविर शुरु गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले दमौली अनशन चौतारास्थित खुला मैदानमा शुरु शिविरमा पतन्जली योगपीठका प्रशिक्षकहरुले सात दिनसम्म निःशुल्क योग प्रशिक्षण दिने भएका छन् ।

योगका कारण धेरै स्वास्थ्यका खराबी कम गर्न सकिने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले मानव स्वास्थ्यका लागि योगको महत्व रहेको चर्चा गरे । योगपीठसहित ब्रहृमाकुमारी राजयोग प्रशिक्षण केन्द्र तथा जीवन विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा आयोजित शिविरको उद्घाटनका क्रममा आयुर्वेद केन्द्र तनहुँका प्रमुख डा. रामप्रबोध मण्डलले आधुनिक चिकित्सा विज्ञानको विकास भए पनि प्राचीन आयुर्वेद र योग पद्धतीले मानिसको धेरै स्वास्थ्य समस्या कम गर्ने बताए ।

ब्रहृमाकुमारी राजयोग प्रशिक्षण केन्द्रकी सञ्चालिका ब्रहृमाकुमारी यमुना, पतन्जली योगपीठ तनहुँका अध्यक्ष शिवराज काफ्ले तथा जीवन विज्ञान प्रतिष्ठान तनहुँका सुरेश पुरीले योग शिविर सबैका लागि उपयोगी भएको भन्दै सञ्चालनका लागि सहकार्य गरेको बताए । नेपालमा वि.सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योगदिवस मनाउन थालिएको छ । दमौलीमा आयोजित शिविरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker