मोटरसाइकलको ठक्करबाट तनहुँको म्याग्दे घर भएका प्रहरी इन्सपेक्टरको मृत्यु

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए ।

बर्दघाट नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति सवा आठ बजेतिर ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको डिएसपी राजु लामाले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker