असहायलाई खाद्यान्न वितरण

दमौली : झुल बहादुर आले स्मृति प्रतिष्ठानले असहायलाई खाद्यान्न वितरण गरेको छ । प्रतिष्ठानले ऋषिङ गाउँपालिका–७ का असहाय तथा मानसिक अपाङ्गता भएकाहरुलाई खाद्यान्न वितरण गरेको हो ।
प्रतिष्ठानले दसैको अवसर पारेर यहाँका ६ जनालाई खाद्यान्न वितरण गरेको प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले जानकारी दिए । उनका अनुसार बिहीबार उनीहरुलाई २९ हजार रुपैयाँ बराबरको सहयोग गरिएको थियो ।
संविधानसभा सदस्य स्वर्गीय झुलबहादुर आलेको योगदानलाई चीरस्थायी बनाउन झुलबहादुर आले स्मृति प्रतिष्ठान सञ्चालनमा ल्याइएको छ । सोही प्रतिष्ठानबाट सामाजिक कामलाई निरन्तर अगाडी बढाइएको अध्यक्ष आलेले जानकारी दिए ।










