तनहुँमा २५८ मुद्दा फैसला

  • रासस (तनहुँ)

जिल्ला अदालत तनहुँले आर्थिक वर्ष २०७७/७८ मा २५८ मुद्दा फैसला गरेको जनाएको छ । गत साउनदेखि माघ मसान्तसम्म सात महिनामा ७०८ मुद्दा दर्ता भएका छन् । दर्तामध्ये चालू आवमा ४५० मुद्दा रहेको छ भने २५८ मुद्दा फैसला भएको हो । सम्बन्धविच्छेद मुद्दाका फैसला धेरै भएका छन् । सम्बन्धविच्छेदका ३१३ मुद्दा दर्ता भएकामा चालू आवमा ११४ वटा रहेको छ भने १९९ वटा फैसला भइसकेको सुचना प्रविधि सहायक सरोज तिमिल्सेनाले जानकारी दिनुभयो।

सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्र माध्यमबाट फैसला गरिएको उहाँले बताउनुभयो । सम्बन्धविच्छेद सम्बन्धी मुद्दामा महिला र पुरुष दुवैले मुद्दा दर्ता गराएका छन् । उहाँले भन्नुभयो, “तर मिलापत्रका लागि एक वर्ष अवधि पूरा भएको हुनुपर्ने कानूनी व्यवस्थामा उल्लेख गरेको छ ।”

त्यसैगरी जबर्जस्तीकरणी मुद्दामा १६ वटा मुद्दा दर्ता भएकामा चालू आवमा १५ वटा रहेको छ भने एउटा फैसला भएको छ । त्यसैगरी लागुऔषध मुद्दामा २३ दर्ता भएकामा चालू आवमा २० वटा रहेको छ भने तीनटा फैसला, घरेलु हिंसामा दश मुद्दा दर्ता भएकामा चालू आवमा नौवटा रहेको छ भने एक फैसला भएको छ । सवारी ज्यान मुद्दामा स्रोह वटा मुद्दा दर्ता भएकामा चालू आवमा १५ वटा मुद्दा रहेको र एकवटा मुद्दा फैसला भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker