महर्षि वेदव्यासको मूर्ति निर्माण प्रसंग र १०८ अंकको महत्व

देव बस्न्यात

गत श्रावण १३ गते महर्षि वेद व्यासको सम्झनामा गुरुपूर्णिमा तथा औपचारिक ज्ञानदिवस मनाइएको छ । गुरुपूर्णिमा सम्बन्धि वर्षैपिच्छे मनाइने ज्ञानदिवस मनाउने कार्य सम्पन्न भए पनि महर्षि वेदब्यासको १०८ फिट अग्लो मूर्ति निर्माण कार्यले अहिलेसम्म गति लिन सकिरहेको पाउँदैनौ । १०८ फिट अग्लो मूर्ति निर्माण कार्य अगाडि बढ्न नसक्नु संघीय तथा प्रदेश सरकार, स्थानीय सरकार, सम्वन्धित संस्था व्यास क्षेत्र विकास कोष र १०८ फिट अग्लो मूर्ति निर्माणमा सहयोग गर्ने सहयोगी भक्तजनहरु पनि त्यत्तिकै जिम्मेवार छन् भन्दा अनुपयुक्त नहोला ।

संघीय सरकार र प्रदेश सरकारबाट बजेट आउला र मूर्ति निर्माण अगाडि बढाउने सोच राख्नु व्यास नगरको भविष्यसंग खेलबाड गर्नु भन्ने महसुस गर्दै आगामी भाद्र महिनामा नै जग पश्चातको तेश्रो ढलाननलाई बिट मारेर मूर्ति निर्माण कार्यलाई मात्र आगामि दिनमा राख्दा बेश हुने महसुस गरेका छौं । स्थानीय पालिकाबाट यस्तै कार्यको सुरुआत हुनेछ भन्ने पूर्ण विश्वस्त बनेका छौं ।

१०८ फिट नै किन ?

धर्मशास्त्रीहरुको भनाई अनुसार सूर्य ग्रह, चन्द्र ग्रह र बृहस्पती ग्रह किस्य नक्षत्रको दोश्रो पाउ एकत्र भएर रहँदा एउटा युगको समाप्त भएर अर्को युगको परिवर्तनको संयोग मिल्दछ । पूर्वीय शास्त्राानुसार सत्य, त्रेता र द्वापरयुगको समापन पछि कलियुगको आगमन भएको हो । अर्थात कलि युग आउनु पूर्व सत्य त्रेता र द्वापर युगको समापन भइसकेको छ । पूर्वीय दर्शन अनुसार अहिलेको समय कलियुगको हो । द्वापरको समापन पश्चात नै कलियुगको सुरुवात भएको हो । यसैले अहिलेको युगलाई कलियुग हो भनी सहजै अनुमान गर्न सकिन्छ ।

प्रकृतिको चक्रिययुग नियमानुसार कलियुग समाप्ती पश्चात पुनः सत्य युगको सुरुवात हुन्छ । कलियुग कहिले समाप्त होला? कहिले सत्ययुगको सुरुवात होला सबैको जिज्ञासा रहने विषय हो । अर्को तर्फ धर्मशास्त्रीहरुका अनुसार हरेकयुगको समापन नहुँदै सत्य, त्रेता, द्वापर र कलियुग आंशिक रुपमा दोहोरिने मान्यता रहेको छ । वि.सं. २०७१ साल साउन ११ गते आइतवारका दिन युग परिवर्तनको संयोग परेको थियो। धर्मशाश्त्रीहरु अनुसार सूर्य, चन्द्र र बृहस्पति किस्य नक्षत्रको दोश्रो पाउ एकत्र भएर रहने हुँदा उक्त दिनलाई सत्य युग परिवर्तनको संयोग परेको दावी गरिएको थियो । यस बारेमा श्रीमद्भागवत गीता दवादश खण्डको अध्याय दुइको श्लोक २४ अनुसार सूर्य चन्द्र र वृहस्पति एकत्र भएमा युग परिवर्तन हुने उल्लेख गरेको छ ।

हिन्दु धर्मशास्त्रमा १०८ अङ्कले ठूलो महत्व राख्दछ । १०८ अङ्कमा १ अङ्कलाई ज्ञान, ० अंकलाई पूर्णज्ञान तथा सम्पूर्णता र ८ अङ्कलाई अनन्तज्ञानको प्रतिक मानिन्छ । यसैले १०८ को अङ्कमा इश्वरको प्रतिक देखिन्छ । जस्मा ब्रह्मा, विष्णु र महेश्वर तीनै देवता समाहित भएर रहेका हुन्छन् । कामका हेतु तीन देवता फरक फरक देखिएता पनि तीनै देवता एक नै हुन । सून्य निगरुण ब्रह्माका प्रतिक हो। अङ्क ८ मा पुरै प्रकृति समाहित हुन्छ ।

श्रीमदभागवत पुराणका अनुसार पृथ्वी, जल, वायु, तेज, आकास, मन, बुद्धि र अहंकार आठ तत्वहरु भगवानका प्रकृति हुन् । गणित शास्त्रानुसार हाम्रो बोलचाल तथा लेखाइको भाषामा मुलाङ्कमा ० देखि १, २, ३, ४, ५, ६, ७, ८ र ९ सम्म मात्र अङ्कहरुमा सिमितता पाइन्छ । १ अङ्क र ८ अङ्क जोडदा ९ हुन्छ । ९ अङ्क अक्षयको अङ्क हो । एकदेखि ९ सम्मका अङ्कहरु नौ ग्रहका प्रतिक हुन । त्यस पछिका अङ्कहरु भने मुलाङ्कबाटै दोहोरिने गर्दछन । अङ्कगणितमा १, २, ३ को पावरलाई जोडदा १०८ हुन्छ । जस्तै १ को पावर अङ्क १, २ पावर ४ र ३ को पावर अङ्क २७ हुन्छ । अर्थात १, ४ र २७ को गुणानफल तथा पावर अङ्क १०८ नै हुन्छ । संस्कृत भाषाको गणितमा हर्शद अङ्क भन्ने हुन्छ । जस्मा त्यहीे अङ्कको संख्याले भाग गर्दा मुलाङ्क हुन आउँछ । जस्को राम्रो उदाहरण १०८ लाई लिन सकिन्छ ।

मानिसको जीवनमा साँसारिक बस्तुको प्राप्ति, इश्वरका दर्शन वा ब्रह्मा तत्वका अनुभूति गर्न सकिन्छ । मानिसकोे सांस फेर्ने कृयाकलापसंग पनि १०८ अङ्कको साइनो जोडिएको छ । तान्त्रिक विद्या अनुसार २४ घण्टा भित्र मानिसले २१६०० पटक सास फेर्ने गर्दछ । जस मध्ये १०८०० शौर्य उर्जा र १०८०० लाई चन्द्र उर्जा भनिन्छ । यदी हामीले १०८०० लाई १०० ले भाग ग¥यौं भने भागफल १०८ नै हुन आउँछ । दिनका २४ घण्टामा मानिसका १२ घण्टा काममा नै व्यतित् हुन्छ । शेष १२ घण्टा देवीदेवतााको आराधनाको लागि बच्दछ । अर्थात १०८०० सांसका उपयोग आफ्ना इष्टदेवको स्मरण गर्न आवश्यक पर्दछ । यतिका समय हामी सबैले प्रयोग गर्न सक्दैनौ । त्यसैले यस संख्यामा अन्तिमका दुई गोटा सून्यहरु हटाएर १०८ सासमा नै इश्वर स्मरण गर्न पर्दछ । प्रभु स्मरण तथा ध्यान गर्ने तरिकाहरु १०८ प्रकारका हुन्छन् । यदी कोही व्यक्ति ध्यानमा तल्लिन भएर दिनमा केबल १०८ पटक सास फेर्न सक्षम हुन्छ भने उस्ले बुद्धत्व प्राप्त गर्दछ ।

सूर्य र पृथ्वीको दुरी, चन्द्रमा र पृथ्वीको दुरी पृथ्वीले परिक्रमा गर्ने तरिका र त्यसले पार्ने प्रभावमा निर्भर गर्ने तथ्य खुलेको छ । सूर्यको व्यासलाई १०८ ले गुणा गरियो भने सूर्य र पृथ्वी बीचको दुरी पत्ता लाग्दछ भने चन्द्रमाको व्यासलाई १०८ ले गुणा गरियो भने पृथ्वी र चन्द्रमाको दुरी पनि प्राप्त गर्न सकिन्छ । यसैले पृथ्वीदेखि चन्द्रमासम्मको औषत दुरी चन्द्रमाको व्यास भन्दा १०८ गुणा बढी देखिन्छ । यसै गरी पृथ्वीको व्यास भन्दा सूर्यको व्यास १०८ गुणा ठूलो र सूर्यदेखि पृथ्वीसम्मको औषत दुरी सूर्यको व्यास भन्दा १०८ गुणा बढी छ । अर्काे तर्फ एक वर्षमा सूर्यकलामा दुईलाख सोह्र हजार कलाहरु बदल्छन् । यस प्रकार छ महिनामा १०८००० कलाहरु बन्दछन्। अन्तिम तीन सून्य हटायो भने १०८ को संख्या नै रहन आउँछ ।

हिन्दु धर्मशास्त्रमा ॐ अक्षर ज्यादै पवित्र मानिन्छ । ॐ लाई त्रिदेव अथवा ब्रह्मण्डको पहिलो ध्वनीका प्रतिक मान्ने गरिएको छ । ॐ अक्षर हिन्दु धर्मलम्वीका अतिरिक्त वोन, बौद्ध र जैन धर्मालम्वीहरुले पनि सम्मानका साथ उच्चारण गर्दछन् । संस्कृत शब्दकोषको वर्णमालामा कुल ५४ वटा अक्षरहरु पाइन्छन् । हरेक अक्षरका आफ्नै शिव पक्ष र शक्ति पक्ष भेटिन्छन जस्को कुल जोडफल निकाल्दा १०८ को योग हुन आउँदछ ।

संस्कृत एवं नेपाली शब्दकोषको स्वर तथा व्यञ्जन वर्णमालामा गणना गरियो भने बढिमा ५४ वटा अक्षरहरु भएको पाउँदछौं । अ, उ र म बनेको ॐ अक्षरलाई एकाक्षर ब्रह्म प्रतिक अक्षर मान्ने गरिन्छ। ॐ अक्षर स्वरवर्ण र व्यञ्जनवर्णका अ, उ, म, को समष्टि रुप हो । अ, उ र म का तीन अक्षरमा अ ले जाग्रत, उ ले स्वप्न र म ले सुषुप्तिको अवस्था जनाउँछ। अ, उ र मबाट सृजित हुने मा ॐ अक्षरमा पनि १०८ संख्याको संयोग भेटिने गर्दछ। हरेक धर्ममा मन्त्रहरुको उच्चारण ॐ अक्षरबाट सुरुवात गरिन्छन् । अ उ र म को ब्रह्म प्रतिक अक्षर ॐ ले सृष्टि, स्थिति र विनाशको प्रतिनिधित्व गर्दछ । यसैगरी अ उ र म का तीन अक्षर मध्ये अ ले जाग्रत, उ ले स्वप्न र म ले सुषुप्ति को अवस्था जनाउँने गर्दछ भन्न सक्दछौं । अन्ततः अ उ र म का तीन अक्षरहरुमा अ ले सृष्टिका सुरुवातका ३६ वटा लौकिक तत्व वा ध्वनि तरङ्गलाई संकेत गर्दछ भने उ ले सृष्टिको गतिशिलताको साथै ३६ वटा मानसिक वा प्राणिक उर्जा विन्दु र म ले सृष्टिको मौनता एवं बाँकी अन्य ३६ वटा आध्यात्मिक चेतनालाई इङ्गित गरेको पाउँदछौं जस्को कुल योगफल १०८ नै हुन आएको पाउँदछौं ।

हिन्दु दर्शन अनुसार विवाहमा दुलाहा दुलही लगाउने पुष्पमालामा १०८ वटा फूलका थुङ्गा र ऋषि मुनिहरुले फल प्राप्त हुने गरी मन्त्र जप गन मालाहरुमा पनि १०८ रुद्राक्षका दानाहरु नै राखिएको पाउँदछौं । यसैले जप मालाका हरेक १०८ वटा दानाहरु पनि सूर्यको एक एक कलाका प्रतिकहरु हुन । रुद्राक्षमालाको टुप्पामा हुने एउटा दानालाई मेरु वा सुमेरु भन्ने गरिन्छ जुन दाना १०८ भित्र पर्दैन । त्यही दानबाट माला गणनाको सुरुवात र अन्त्य गरिएको हुन्छ । सूर्यको व्यास पृथ्वीको ब्यासको १०८ गुणा हुन्छ भने चन्द्रमा र पृथ्वी बीचका औसत दुरी पनि चन्द्रमाको व्यासको १०८ गुणा हुने गर्दछ ।

ज्योतिषशास्त्र अनुसार १२ राशी र ९ ग्रहलाई पनि गुणान गरेर हेर्ने गरिन्छ । जस्को गुणनफल १०८ नै आउँछ । यद्यपि वर्तमान विश्वमा अनेक परम्परा जीवित भेटिन्छन् । जस्मा ९ र १२ का अङ्कहरुले विशेष महत्व राख्दछन् । यसैले भन्न सकिन्छ की १०८ अङ्कले सम्पूर्ण जगतको प्रतिनिधित्व गर्दछ । ऋृषिहरुको भनाइ अनुसार २७ नक्षत्र खोजमा आधारित हुन्छन जस्का ४ चरण् (पाद) हुन्छन । २७ नक्षत्रमालाई ४ ले गुणा गरियो भने पनि १०८ हुन्छ । जुन अङ्क अति पवित्र मानिन्छ । यसैले हामीले मन्त्र जप गर्ने माला पनि १०८ दानाको हुने गर्दछ । कैलाश पर्वतबाट बगेर आएकी गंगानदी पृथ्वीको १२ डिग्री देशान्तर र ९ डिग्री अक्षाँशमा फैलिएकाृे छ । जस्को गुणनफल पनि १०८ नै हुन आउँछ । ज्योतिषशास्त्रमा चांदीलाई चन्द्रमाको प्रतिक मानिन्छ । रसायन शास्त्र अनुसार चांदीको परमाणविक तौल १०८ नै पाइन्छ ।

यो ब्रह्माण्ड जल, वायु, अग्नि, धर्ती र आकास सहितको पञ्चमहाभूत तत्वले बनेको छ । हिन्दु शास्त्रमा यी पाँच तत्वलाई पञ्चभुजाकार भनिन्छ । पञ्चभुजाकारको प्रत्येक कुनाको कोण १० डिग्रीको हुन्छ । मानव शरिर पनि पञ्चमहाभूतले बनेको हुन्छ। पञ्चमहाभूतले बनेको मानवीय शरिरमा १०८ प्रकारका भावनाहरु हुन्छन । जस्मा ३६ प्रकारका भावना भूतसङ्ग, ३६ प्रकारका भावनाहरु वर्तमान सङग र ३६ प्रकारका भावनाहरु भविष्यसंग जोडिने गर्दछन ।

आयुर्वेदका अनुसार हाम्रा शरीरमा जीवित प्राणीहरुलाई जीवन प्रदान गर्ने १०८ वटा मर्म विन्दुहरु रहेका हुन्छन । नश्वर प्राणीमा १०८ सांसारिक अभिलाषाहरु हुने ठानिन्छ । मानव जातिका १०८ अज्ञानता हुन्छन । उनीहरु १०८ प्रकारका झुटका कुरा गर्न पनि माहिर हुन्छन । भरतले रचना गरेको नाट्य शास्त्रमा मानवीय हात र खुट्टामा १०८ चाल तथा करणहरु रहने बताएका छन् । यसै गरी मानिसका शरिरमा हजारौ शक्ति रेखाहरु रहन्छन । शक्ति रेखाहरुको प्रतिच्छेदन भएको विन्दुलाई नै चक्र भन्ने गरिन्छ । हाम्रो मुटु नजिक हुने हृदयचक्र मा १०८ वटा शक्ति रेखाहरु मिलेर बनेका हुन्छन । जस्मध्ये एक रेखा सुषुम्ना शिरचक्र तर्फ फैलिएको हुन्छ । आत्मज्ञान प्राप्त गर्न यही शिरचक्रलाई महसुस गर्नु पर्दछ । हिन्दुधर्ममा शक्तिशाली मानिने श्री यन्त्रमा भएका रेखाहरु ५४वटा ठाउँमा प्रतिच्छेदन हुन्छन। जस्को आ–आफ्नै शिव र शक्ति गुण हुन्छ जस्को कुल जोड १०८ नै हुन आउँछ ।

अन्त्यमा मुक्तिनाथको मन्दिरमा १०८ धारा । ब्रह्मदेवको मूलअस्त्र ब्रह्मास्त्र र विष्णुदेवको मूल अस्त्र सुदर्शनचक्र हो भने भगवान शिवजीको मूलअस्त्र त्रिशुल हो । वास्तवमा त्रिशुल भन्नाले तीनवटा भाला भन्ने जनाउँछ । यसैगरी उक्त त्रिशुलका तीन टुप्पाले सृष्टि, संरक्षण र संहारका साथै सत्य, रज र तम त्रिदेव जस्ता तीन गुणलाई बुझाउँछ । ब्रह्मा विष्णु महेश्वर त्रिदेव हुन भने र लक्ष्मी, सरस्वती र कालीलाई त्रिदेवी भनेर चिनिन्छ । स्वर्ग, मत्र्य र पातल तीन लोक, भूत वर्तमान र भविष्य तीन काल, मानिसका शरिरमा शारिरिक, मानसिक र आध्यात्मिक चेतना सबैलाई नाश गरेर एक नयाँ सिर्जनातर्फ लैजाने शक्ति त्रिशुलमा पाइन्छ । जब तीनै लोकमा अशान्ति छाउँछ, सत्यगुणको नाश भएर अबगुणको सृजना हुन्छ, राम्रोको ठाउँमा नराम्रोले बास गर्छ तब महादेवको त्रिशुलले नराम्रा कुराहरुको नाश गरेर सत्यको सृजना गर्दछ । व्यास नगरपालिकाले नगरको पर्यटन अभिबृद्धि हुने राम्रा काममा ढिला नगरोस । राम्रमा काममा हाम्रा पनि अवश्य साथ रहने छ । आगामी तीन महिना भित्रमा व्यास मूर्ति निर्माण स्थलको बाँकी ढलान कार्य समाप्त गरेर व्यास मूर्ति निर्माणमा सबैको ध्यान पुगोस ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker