फाेटाे फिचर
-
२५ चैत्र २०७७, बुधबार १८:१०घुमाउने घर
तनहुँको व्यास नगरपालिका-१० स्थित दरै वस्तीमा रहेको पराम्परागत दरै समुदायको घुमाउने घर । पछिल्लो समयमा आधुनिकतासँगै यस्ता पुर्ख्यौली सम्पदाहरु विस्थापित हुँदै जान थालेका छन् । तस्विर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस -
२४ चैत्र २०७७, मंगलवार १०:२६बन्दिपुरमा आएका पर्यटक
पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दिपुर घुम्न आएका आन्तरिक पर्यटक । कोरोना कहरले थल परेको बन्दिपुरको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको आगमन बढ्दै गएपछि लयमा फर्कन थालेका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ चैत्र २०७७, आईतवार ११:३२रमणीय ग्रामीण बस्ति
तनहुँको घिरिङ गाउँपालिकाको वडा नं. ३ पोखरीछाप स्थित मगर समुदायको रमणीय बस्ति । बढ्दो आधुनिकता र सेवा सुविधाको खोजीमा बसाइसराइ गर्दा ग्रामीण बस्ति उजाडिदै जान थालेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ चैत्र २०७७, आईतवार ११:२१बजार अनुगमन
तनहुँको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितको टोली गाउँपालिकाको बजार क्षेत्रका किराना पसलको अनुगमन गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ चैत्र २०७७, आईतवार ११:११वन व्यवस्थापनमा जुटेका उपभोक्ता
तनहुँको बन्दिपुर गाउँपालिका-१, छपेली सामुदायिक वनको व्यवस्थापन गर्दै उपभोक्ताहरु । डिभिजन वन कार्यालयले वन व्यवस्थापन तथा डढेलोबाट जोगाउनका लागि उपभोक्तालाई जागरुक बनाउन थालेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० चैत्र २०७७, शुक्रबार ११:१८भूमिहीनको लगत संकलन
तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित वडा कार्यालयमा बिहीबार भूमिहीनको लगत संकलन गरिदै । गाउँपालिकाले ६ वटै वडा कार्यालयबाट भूमिहीनको लगत संकलन शुरु गरेको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० चैत्र २०७७, शुक्रबार ११:१३कृषकलाई बाख्रा
व्यवसायिक रुपमा बाख्रा पालन गरी कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिकाले वडा नं. ३ का कृषकलाई शतप्रतिशत अनुदानमा बाख्रा वितरण गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ चैत्र २०७७, बिहीबार १२:०२एक घर एक धारा अभियान
तनहुँको घिरिङ गाउँपालिका वडा नं. २ स्थित कोलडाडाका घरघरमा खानेपानी धारा जडानका लागि पाइप पुर्ने काममा सहभागि भएका स्थानीय उपभोक्ताहरु । गाउँपालिकाले एक घर एक धारा कार्यक्रम सञ्चालन गरी प्रत्येक घरमा सहज रुपमा स्वच्छ र सफा खानेपानी पुर्याउने अभियान चलाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ चैत्र २०७७, बिहीबार ११:५४बलबहादुरको व्यावसायिक कुखुरापालन
तनहुँको बन्दिपुर गाउँपालिका-१ का बलहादुर राना (माइला)को व्यावसायिक रुपमा पालेको स्थानीय जातका कुखुरा । वडा कार्यालयले कृषि तथा पशुपालनलाई व्यावसायिक रुपमा विस्तार गर्न अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरी सहयोग र समन्य गरेको वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस