अर्थ

  • Photo of दूध उत्पादनमा प्रोत्साहन : भानुले कृषकलाई प्रति लिटर ५ रुपैयाँ अनुदान दिने

    दूध उत्पादनमा प्रोत्साहन : भानुले कृषकलाई प्रति लिटर ५ रुपैयाँ अनुदान दिने

    भानु : तनहुँको भानु नगरपालिकाले स्थानीय किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर ५ रुपैयाँ अनुदान दिने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा उक्त अनुदान प्रदान गरिने भएको हो। नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार उत्पादनमा आधारित अनुदान कार्यक्रमले कृषकलाई उत्साहित बनाउने…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकीमा आयोजित दुई दिने रैथाने खाना महोत्सव सकियो

    शुक्लागण्डकीमा आयोजित दुई दिने रैथाने खाना महोत्सव सकियो

    दुलेगौंडा : शुक्लागण्डकी नगरपालिकामा आयोजित रैथाने खाना महोत्सव–२०८२ सम्पन्न भयो। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा महोत्सव आयोजना गरेको हो । शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का अध्यक्ष एवं परिषद्का सल्लाहकार खड्कसिं थापा मगरले महोत्सवले देशभर सकरात्मक सन्देश भएको बताए। समन्वय परिषद्का अध्यक्ष…

    पुरा पढ्नुहोस
  • Photo of नेपालकै पहिलो होमस्टे सर्किटतर्फ बन्दीपुरको नयाँ पहल

    नेपालकै पहिलो होमस्टे सर्किटतर्फ बन्दीपुरको नयाँ पहल

    बन्दीपुर : सांस्कृतिक सम्पदा, स्थानीय जीवनशैली र प्राकृतिक वातावरणसँग प्रत्यक्ष रूपमा जोडिने पर्यटन अभ्यासका रूपमा होमस्टे (घरबास) पछिल्ला वर्षहरूमा नेपालमा निकै लोकप्रिय बन्दै गएका छन् । स्थानीय समुदायले आफ्नै घरमा पर्यटकलाई आतिथ्य प्रदान गर्ने यस प्रणालीले पर्यटकलाई ग्रामीण जीवनको वास्तविक अनुभव दिनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाउने काम गर्छ।…

    पुरा पढ्नुहोस
  • Photo of पोषण सुधारका लागि ऋषिङ भिरकोटका कृषकलाई व्यवहारिक सिकाइ

    पोषण सुधारका लागि ऋषिङ भिरकोटका कृषकलाई व्यवहारिक सिकाइ

    ऋषिङ : पहाडी क्षेत्रमा कृषि उत्पादन वृद्धि तथा स्थानीय समुदायको पोषण सुधार गर्ने उद्देश्यले तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालित कृषक पोषण पाठशालामा लहरे तरकारी बालीको बिरुवा रोपण गरिएको छ । पहाडी क्षेत्र काष्ठ फल तथा फलफूल विकास आयोजना अन्तर्गत ऋषिङ गाउँपालिका–४ भिरकोटमा सञ्चालनमा रहेको भिरकोट कृषक पोषण पाठशालामा लहरे तरकारी बालीको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

    तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

    दमौली : तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको स्तरोन्नति गर्न गरिएको ठेक्का सम्झौता अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को गत फागुन १४ गतेको बैठकले ठेक्का तोड्ने निर्णय गरेको हो । साविक जिल्ला विकास समिति तनहुँबाट राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत २५ किलोमिटर सडक स्तरोन्नति गर्न…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र

    तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र

    दमौली : प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको खहरेलगायत आसपासका स्थानीयले ‘नो भोट’ को चेतावनी दिए । तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र हुँदा यस ठाउँका स्थानीयवासीले मत नै नहाल्ने चेतावनी दिएका थिए । घुमाउनेमा पुल नबन्दा यस भेगका जनताले सास्ती खेपिरहेको र पटकपटक…

    पुरा पढ्नुहोस
  • Photo of पाँचौ शुक्लागण्डकी महोत्सवको तयारी तीब्र

    पाँचौ शुक्लागण्डकी महोत्सवको तयारी तीब्र

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा आगामी चैत ६ देखि १७ गतेसम्म सञ्चालन गरिने पाँचौँ शुक्लागण्डकी महोत्सवको तयारी तीब्र पारिएको छ । भानुभक्त क्याम्पस परिसरमा सञ्चालन गरिने महोत्सवको तयारी करिब ९० प्रतिशत पुरा भएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष समुन्द्रराम श्रेष्ठले जानकारी गराए । कृषि, घरेलु उद्योग र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन पोखरा सडक योजना : एक अर्ब २१ करोड खर्चेर मादी नदीमाथि धमाधम आर्क ब्रिज बनाइँदै

    मुग्लिन पोखरा सडक योजना : एक अर्ब २१ करोड खर्चेर मादी नदीमाथि धमाधम आर्क ब्रिज बनाइँदै

    दमौली  : मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम भइरहेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७७ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । उक्त खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा…

    पुरा पढ्नुहोस
  • Photo of व्यासको देउरालीनगर र भादगाउँ जोड्ने बुल्दीखोला पुल भत्काएर पुनर्निर्माण गरिँदै

    व्यासको देउरालीनगर र भादगाउँ जोड्ने बुल्दीखोला पुल भत्काएर पुनर्निर्माण गरिँदै

    तनहुँ : व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ भादगाउँ जोड्ने बुल्दीखोला मोटरेवल पुलको निर्माण कार्यले गति लिन थालेको छ । यस पुलको एक ‘स्पान’ को बिम र ढलान निर्माणका क्रममा गुणस्तरहीन पाइएपछि त्यसलाई भत्काएर नयाँ शिराबाट पुनर्निर्माण कार्य थालिएको हो । लामो समयको अन्योल र प्राविधिक अवरोधपछि हालसम्म पुलको ४५ प्रतिशत…

    पुरा पढ्नुहोस
  • Photo of आँबुखैरेनीमा पशु बिमा कार्यक्रमअन्तर्गत पशु क्षति भएका कृषकलाई राहत वितरण

    आँबुखैरेनीमा पशु बिमा कार्यक्रमअन्तर्गत पशु क्षति भएका कृषकलाई राहत वितरण

    दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ जना कृषकलाई पशु क्षतिबापत रु तीन लाख १३ हजार ५०० वितरण गरेको छ । यस्तै अघिल्लो आवमा गाउँपालिकाले रु सात लाख १२ हजार ५०० राहत वितरण गरेको थियो । यस…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker