शुक्लागण्डकीमा आयोजित दुई दिने रैथाने खाना महोत्सव सकियो

दुलेगौंडा : शुक्लागण्डकी नगरपालिकामा आयोजित रैथाने खाना महोत्सव–२०८२ सम्पन्न भयो। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा महोत्सव आयोजना गरेको हो ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का अध्यक्ष एवं परिषद्का सल्लाहकार खड्कसिं थापा मगरले महोत्सवले देशभर सकरात्मक सन्देश भएको बताए। समन्वय परिषद्का अध्यक्ष कुल कुमार कुमालले महोत्सवले रैथाने खानाको प्रचार, प्रवद्र्धन र पुस्तान्तरणमा ठूलो सहयोग पुगेको उल्लेख गरे । उनले आगामी दिनमा यस्ता महोत्सवलाई निरन्तरता दिन सके आदिवासी जनजातिका खानाका परिकार जिवन्त रहने बताए ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले जनजातिका झल्को दिन घरले चैत ६ देखि हुने शुक्लागण्डकी महोत्सवलाई थप रौनक थपेको उल्लेख गरे। समन्वय परिषद सचिव एवं महोत्सव प्रवक्ता विर्सना श्रेष्ठका अनुसार महोत्सवस्थलमा ६ समुदायका मौलिक परम्परा घर निर्माण गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकामा मगर, गुरुङ्ग, नेवार, भुजेल, कुमाल, तामाङ्ग, थकाली र राई समुदायको बसोबास रहेको छ । महोत्सवमा ती समुदायका विभिन्न रैथाने परिकारको स्वाद पकाएर बिक्री गरिएको थियो । महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीहरु, आदिवासी जनजातिसँग सम्बन्धित अध्येता, अगुवा, विदेशी नागरिकहरु समेत आएर रैथाने खानाका परिकारको स्वाद लिएको परिषदका सल्लाहकार संयोजक खिम बहादुर कुमालले जानकारी दिए । उनले परिकारको स्वाद लिन दिनभर दर्शकहरुको भिड रहेको बताए । शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा भएको महोत्सव भएको हो । महोत्सवको सोमवार शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरेका थिए ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker