अर्थ
-
सत्यसाई सहकारीको १६औं साधारणसभा
डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित श्री सत्यसाई बचत तथा ऋण सहकारीले १६औं साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा आयोजित साधारणसभाको शुभारम्भ गर्दै जिल्ला सहकारीका संघका निवर्तमान उपाध्यक्ष राजेन्द्र पियाले सहकारी संस्थाले सामान्य नागरिकको आय–आर्जनमा जोड दिनु पर्ने बताएका छन् । उनले सेवा क्षेत्रका नागरिकको सुखदुःखको…
पुरा पढ्नुहोस -
तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति
तनहुँ : गत असोजको बाढीबाट तनहुँमा रु एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा रु एक करोड आठ लाख आठ हजार तीन सय ७० बराबरको क्षति भएको हो । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न…
पुरा पढ्नुहोस -
आँवुखैरेनीको शुक्रबारे कृषि हाटबजारबाट चार हजार दुइ सय किलो मास बिक्री
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ का कृषकले मास बिक्री गरी एकैदिन रु आठ लाख ४० हजार आम्दानी गरेका छन् । उक्त वडाका खेउसिङ, भकुण्डी, मजुवा, डोडेका कृषकले उत्पादन गरेको मास शुक्रबार बिक्री गरेका थिए । आँबुखैरेनी ३ मा सञ्चालन गरेको हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री भएको गाउँपालिकाका…
पुरा पढ्नुहोस -
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
वालिङ (स्याङ्जा) : यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएको हो । उहाँले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन…
पुरा पढ्नुहोस -
पर्यटकीय गन्तव्य बन्दै तनहुँको खैरेनीटारस्थित “झाँगाझोली”
तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । नेपालीहरूको महानपर्व बडादसँैं नजिकिएसँगै दैनिक यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित यस क्षेत्रमा पर्यटकको आवागमन बढ्दै गएको छ । तीन खोले मन्दिर नजिकै झाँगाझोली रहेको छ । मन्दिर जानेआउने…
पुरा पढ्नुहोस -
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
पर्वत : स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल हुनुभएको हो । एक्काइस वर्ष…
पुरा पढ्नुहोस -
मार्फामा बढ्दै पर्यटक
म्याग्दी : घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताउनुभयो । “दुुई/तीन वर्षअघिसम्म छिटपुुट…
पुरा पढ्नुहोस -
दमौलीमा नवौ तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव गर्ने तयारीमा तउवा संघ
दमौली : ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने नारा सहित तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा नवौं तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव गर्ने तयारी गरेको छ । आगामी पुस २५ देखि फागुन ७ गतेसम्म दमौलीस्थित विपि वनवाटीकमा महोत्सव सञ्चालन गरिने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको…
पुरा पढ्नुहोस -
पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार : पूर्वी खण्डको फागुन १ गतेसम्मका लागि म्याद थप
वि.सं. २०२६ मा रेखाङ्कन भएको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा साबिक दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको यस खण्डको कार्य अपेक्षित ढंगले हुन सकेको छैन । गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको यो सडक खण्ड…
पुरा पढ्नुहोस -
पर्यटन प्रवर्द्धनका लागि पुस ९ गतेबाट प्रथम भानु महोत्सव गरिदै
भानु : तनहुँको भानुमा आगामी पुस ९ गतेदेखि प्रथम भानु नगर महोत्सव हुने भएको छ । भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको सह–आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म भानु नगरपालिका–१ भन्सारमा प्रथम भानु नगर महोत्सव–२०८१ हुने भएको हो। ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको…
पुरा पढ्नुहोस