सत्यसाई सहकारीको १६औं साधारणसभा

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित श्री सत्यसाई बचत तथा ऋण सहकारीले १६औं साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा आयोजित साधारणसभाको शुभारम्भ गर्दै जिल्ला सहकारीका संघका निवर्तमान उपाध्यक्ष राजेन्द्र पियाले सहकारी संस्थाले सामान्य नागरिकको आय–आर्जनमा जोड दिनु पर्ने बताएका छन् । उनले सेवा क्षेत्रका नागरिकको सुखदुःखको साथी बन्न सहकारी लाग्नेपर्नेमा जोड दिए ।
कार्यक्रममा कोषाध्यक्ष दिलकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन र संस्थाका सचिव संदीप खनालले सचिबको प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रमको सहजिकरण संस्थाका सदस्य लक्ष्मी श्रेष्ठले गरेका थिए ।
उक्त कार्यक्रममा शिक्षा समितिका संयोजक नेक महम्मद मियाँ, उघोग वाणिज्य संघ डुम्रे ईकाई सभापति हेमलाल भिके लगायतले सहकारीले आम नागरिकलाई गरेको सेवाका विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
संस्थाले शेयर सदस्यका छोराछोरी मध्य एसईईमा ४ जिपिए प्राप्त गर्ने आयुष उपाध्यय र ३.७३ जिपिए प्राप्त गर्ने आस्था ढकाललाई नगद ५ हजार र सम्मानपत्र प्रदान गरेको थियो ।
२०६४ सालमा स्थापना भएकोे संस्थामा ९३८ जना शेयर सदस्य रहेको संस्थाले जनाएको छ । संस्थाको शेयर पूँजी २ करोड ९८ लाख ७८ हजार ४०० रुपैयाँ र ८ करोड ५० लाख ४५ हजार ८३६ रुपैयाँ बचत निक्षेप रहेको बताइएको छ ।
यस्तै, संस्थाले ९ करोड ६१ लख ७ हजार ५ सय रुपैयाँ कजाए लगानी गरेको छ भने ५३ लाख ४ हजार ६७ रुपैयाँ खुद नाफा गरी जम्मा वासलात १४ करोड १८ लाख १६ हजार ५६८ रुपैंया रहेको ब्यवस्थापक अमृत बस्नेतले जानकारी दिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker