अर्थ
-
तनहुँका पालिकाहरुको बेरुजु : १ अर्ब ७२ करोड २७ लाख ४० हजार, कुन पालिकाको कति ?
तनहुँ : तनहुँका पालिकाहरुको बेरुजुको अंक अर्ब नाघेको छ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनले जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाको हालसम्मको बेरुजु १ अर्ब ७२ करोड २७ लाख ४० हजार रुपैयाँ देखाएको छ । महालेखापरीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार पालिकाहरुमा नियमिविपरित तथा प्रक्रिया पुरा नगरी भुक्तानी…
पुरा पढ्नुहोस -
व्यासको २५ प्रतिशतमात्रै पुँजीगत बजेट खर्च, असार १५ गते गजौडेमा धान दिवस कार्यक्रम
दमौली : तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा विकास बजेटतर्फ २५ प्रतिशतमात्रै खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ मसान्तसम्म पुँजीगततर्फ २५ प्रतिशतमात्रै बजेट खर्च भएको बुधबार बसेको नगरकार्यपालिका बैठकमा जानकारी गराइएको थियो । संघीय बजेट अन्तर्गत ठेक्कामा लगाइएका ठूला योजनाहरुमा निर्माण व्यवसायीको कारणले ढिलाइ भएकाले पुँजीगत…
पुरा पढ्नुहोस -
तनहुँमा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम
डुम्रे : तनहुँको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सुरु गरिएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरणका लागि असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूलन क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कृषि, भूमि…
पुरा पढ्नुहोस -
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल प्रमुखको टोलीले आज अनुगमन गरेको छ । जाइका नेपाल कार्यालयका प्रमुख मात्सुजाकी मिजुकी नेतृत्वको टोलीले आयोजनाको स्थलगत निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे जानकारी लिएको छ । जलविद्युत् आयोजनामामा जाइकाको लगानी रहेको छ…
पुरा पढ्नुहोस -
म्याग्देका ४८ विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण
बन्दीपुर : तनहुँको म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो । ‘नमूना आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सातै वडाका घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य परिवारहरूलाई आवास निर्माण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार…
पुरा पढ्नुहोस -
सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?
काठमाडौँ : सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा…
पुरा पढ्नुहोस -
गण्डकीको बजेटः २०८२/८३ को लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट (पूर्णपाठसहित)
पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कुल विनियोजनको ३९.५ प्रतिशत, पूँजिगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार अर्थात कुल विनियोजनको…
पुरा पढ्नुहोस -
भानु नगरपालिकाद्वारा २० जना उत्कृष्ट कृषकलाई सम्मान
भानु : तनहुँको भानु नगरपालिकाले उत्कृष्ट कृषक छनोट गरी सम्मान गरेको छ । नगरपालिकाले २० जना कृषकलाई नगद तथा प्रमाणपत्रसहित ‘नगर प्रमुख उत्कृष्ट किसान सम्मान’बाट सम्मान गरेको हो । पशुपालनतर्फ गाईभैंसी, बाख्रा, माछा, बंगुर, कुखुरा गरी पाँच विधामा सर्वोउत्कृष्ट र उत्कृष्ट कृषकको छनोट गरिएको थियो । सर्वोउत्कृष्ट कृषकहरूलाई १० हजार…
पुरा पढ्नुहोस -
प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै लम्जुङको सिउरुङ
गण्डकी : लहरै गुुचमुच्च घरहरू, ढुुङ्गैढुङ्गले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा, बीच भागमा जलदेवीको मन्दिर आदि । लम्जुङको मर्स्याङदी गाउँपालिका–३ स्थित सिउरुङ गाउँको विशिष्टता हो यो । गुरुङ जाति बाहुल्य यो गाउँ प्राकृतिक रूपमा जति सुन्दर छ सांस्कृतिक रूपमा पनि उत्तिकै आकर्षक रहेको छ । समुन्द्री सहतबाट एक हजार…
पुरा पढ्नुहोस -
असार १ गतेदेखि दमौलीमा यामाहाको मेघा एक्सचेन्ज कार्यक्रम
दमौली : तनहुँको दमौलीमा यामाहाले पहिलो मेघा एक्सचेन्ज कार्यक्रम गर्ने भएको छ । यामाहाले यही असार १ गतेदेखि ६ गतेसम्म कार्यक्रम सञ्चालन गर्ने भएको छ । तनहुँ अटो मार्ट र सुन्दर अटो वक्र्सको संयुक्त आयोजनामा तथा एमएडब्लूको सहकार्यमा दमौलीको अनशन चौतारीस्थित खुला मैदानमा मेघा एक्सचेन्ज कार्यक्रम गर्न लागिएको हो ।…
पुरा पढ्नुहोस