असार १ गतेदेखि दमौलीमा यामाहाको मेघा एक्सचेन्ज कार्यक्रम

दमौली : तनहुँको दमौलीमा यामाहाले पहिलो मेघा एक्सचेन्ज कार्यक्रम गर्ने भएको छ । यामाहाले यही असार १ गतेदेखि ६ गतेसम्म कार्यक्रम सञ्चालन गर्ने भएको छ । तनहुँ अटो मार्ट र सुन्दर अटो वक्र्सको संयुक्त आयोजनामा तथा एमएडब्लूको सहकार्यमा दमौलीको अनशन चौतारीस्थित खुला मैदानमा मेघा एक्सचेन्ज कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रम अन्तर्गत कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको न्यूनतम मूल्याङ्कन रु. २५,०००/– गरिनेछ । साथै नयाँ सवारी खरिद गर्दा नगद छुटको रूपमा रु. ६,०००/– अतिरिक्त भ्यालु रु. १०,०००, आर्थिक वर्ष २०८२/०८३ को कर छुट, सरल फाइनान्स सुविधा तथा निःशुल्क हेलमेट, लेगार्ड, म्याट, ब्याग र कभर समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।
यस अवसरमा यामाहाले एफआई प्रणालीयुक्त बढी माइलेज दिने, बलिया र आकर्षक मोडलका नयाँ बाइक तथा स्कुटरहरू प्रदर्शनमा राख्ने भएको छ । नयाँ सवारी किन्न चाहने उपभोक्ताहरूका लागि यो अवसर लाभदायक हुने आयोजकले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker