अर्थ
-
तीन पटकसम्म म्याद थपे पनि पूरा हुन सकेन तनहुँको नमूना पशु अस्पताल भवन
तनहुँ : तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिसरमा नमूना अस्पतालको भवन निर्माण निर्माणाधीन अवस्थामा छ । पटक–पटक म्याद थपे पनि गण्डकी प्रदेशको गौरवको योजनाको रूपमा निर्माणाधीन नमूना पशु अस्पतालको भवन निर्माण पूरा हुन सकेको छैन । प्रदेश सरकारको प्राथमिकताको योजनाका रूपमा रहेको नमूना पशु…
पुरा पढ्नुहोस -
दमौली–जोमसोम–मुक्तिनाथ डिलक्स बस सेवा सञ्चालनमा
तनहुँ : स्थानीय यातायातको सहकार्यमा तनहुँको दमौलीबाट हिमाली धार्मिक गन्तव्य जोमसोम हुँदै मुक्तिनाथ जोड्ने डिलक्स बस सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। सर्वसाधारण यात्रु तथा तीर्थयात्रीहरूको सहजताका लागि सुरु गरिएको उक्त सेवा मुक्तिनाथ दर्शनमा जाने श्रद्धालुहरूको बढ्दो चापलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको स्थानीय यातायातका शाखा प्रमुख चित्र गुरुङले जानकारी…
पुरा पढ्नुहोस -
दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
पोखरा : सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि मुलुकको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको…
पुरा पढ्नुहोस -
व्यास–८ मा प्रशासनिक भवन निर्माण, सेवा प्रवाहमा सहजता आउने विश्वास
दमौली : तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ को नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ । नवनिर्मित उक्त भवनको बुधबार नगर प्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । नगर प्रमुख न्यौपानेले वडा कार्यालय नागरिकसँग प्रत्यक्ष जोडिएको निकाय भएकाले यहाँबाट पारदर्शी, निष्पक्ष र नागरिकमैत्री सेवा प्रवाह हुनुपर्नेमा जोड…
पुरा पढ्नुहोस -
बैरेनी जग्गा एकीकरण आयोजना ७५ प्रतिशत, कार्यान्वयनमा तीव्रता
दमौली : तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजनाले कार्यान्वयन इकाई कार्यालय उद्घाटनसँगै गति लिएको छ। हालसम्म आयोजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ। नगर प्रमुख बैकुण्ठ न्यौपानेले कार्यालय उद्घाटन गर्दै अव्यवस्थित भू–उपयोगलाई वैज्ञानिक र योजनाबद्ध रूपमा व्यवस्थापन गर्ने लक्ष्यका लागि आयोजना महत्वपूर्ण भएको बताए । उनले…
पुरा पढ्नुहोस -
मुग्लिन–पोखरा राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्ड गोरखातर्फ लगिने
पोखरा : पृथ्वी राजमार्ग स्तरोन्नति योजना अन्तर्गत मुग्लिनदेखि आँबुखैरेनी खण्डलाई स्तरोन्नति प्रक्रिया सुरु गरिएको छ । यो खण्डमा चट्टान र पहाडका कारण गोरखातर्फ डाइभर्ट गरी नयाँ ट्र्याक खोल्न लागिएको हो । प्राविधिक डिजाइन अनुसार यो सडक तनहुँतर्फ ४ लेन र गोरखातर्फ २ लेनको हुनेछ । हालको सडकलाई विस्तार गर्दा भौगोलिक…
पुरा पढ्नुहोस -
ऋषिङमा दुई पुल उद्घाटन, स्थानीय आवागमनमा सहजता
ऋषिङ : नयाँ वर्षको अवसर पारेर तनहुँको ऋषिङ गाउँपालिका–५ र ७ तथा ४ र ७ जोड्ने फलामे र झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मंगलबार आयोजित एक कार्यक्रमबीच दुवै पुलको उद्घाटन गरेका थिए । वडा नं. ५ का वडाध्यक्ष बुद्धिमान रानामगरको सक्रियतामा एनजिओ नेटवर्क तनहुँले निर्माण…
पुरा पढ्नुहोस -
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि होमस्टे विकास तालिम
दमौली : तनहुँको व्यास नगरपालिका–१३ को पहल तथा व्यास नगरपालिकाको आयोजनामा छापडाँडाँ–कुकुरढुङ्गे कृषक महिला समूह भवनमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा होमस्टे विकाससम्बन्धी साताव्यापी तालिम सञ्चालन गरिएको छ । ग्रामीण पर्यटनका नयाँ सम्भावनाको खोजी र होमस्टे विकासलाई टेवा पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको वडा अध्यक्ष वसन्त बहादुर आलेले जानकारी गराए ।…
पुरा पढ्नुहोस -
‘पहाडकी रानी’ बन्दीपुरमा पर्यटकको चहलपहल बढ्यो
बन्दीपुर : शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिन थालेपछि तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । पहिले शनिबार मात्र भीडभाड हुने बन्दीपुरमा अहिले आइतबार पनि उत्तिकै चहलपहल देखिन थालेको छ। आन्तरिक पर्यटकले छोटो समयमै घुमफिरको योजना बनाउन सहज भएपछि यहाँ आउनेको संख्या २० देखि…
पुरा पढ्नुहोस -
सुक्खा तरकारीका लागि पनि आयातकै भर
काठमाडौँ : नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै छ । तथ्याङ्कअनुसार सुकुटीको आयात निर्यातभन्दा धेरै गुणा बढी छ । भन्सार विभागको तथ्याङ्कअनुसार गएको आठ महिनामा विभिन्न देशमा रु सात लाख सात हजारको सुकुटी निर्यात हुँदा…
पुरा पढ्नुहोस