ऋषिङमा दुई पुल उद्घाटन, स्थानीय आवागमनमा सहजता

ऋषिङ : नयाँ वर्षको अवसर पारेर तनहुँको ऋषिङ गाउँपालिका–५ र ७ तथा ४ र ७ जोड्ने फलामे र झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मंगलबार आयोजित एक कार्यक्रमबीच दुवै पुलको उद्घाटन गरेका थिए ।

वडा नं. ५ का वडाध्यक्ष बुद्धिमान रानामगरको सक्रियतामा एनजिओ नेटवर्क तनहुँले निर्माण सम्पन्न गरेका यी पुलहरू कुल ६६ लाख रुपैयाँ लागतमा बनेका हुन्। यसमध्ये एउटा पुल ३२ लाख र अर्को ३४ लाख रुपैयाँमा निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष केशर बहादुर थापा र भो माया रानाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कँडेल, नेपाली कांग्रेस तनहुँका सदस्य मोहन गिरिलगायत स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नवनिर्मित पुलहरूले स्थानीयवासीको आवागमन सहज बनाउनुका साथै सामाजिक तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker