छोटो लुगा लगाउँदा कुरा काटेको भन्दै छिमेकीमाथि निर्घात कुटपिट

हेटौंडा । छोटो लुगा लगाएर हिँडेको विषयमा कुरा काटेको भन्दै मकवानपुरका थाहा नगरपालिकाकी एक युवतीले छिमेकी अर्की युवतीलाई निर्घात कुटपिट गरेकी छिन् ।

थाहा नगरपालिका- १२ तल्लो वसन्त बस्ने २७ वर्षीया सुशीला स्याङ्तानले ३० वर्षीया विनिता मोक्तानमाथि कुटपिट गरी गम्भीर घाइते बनाएकी हुन् । उनलाई थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ ।

छोटो लुगा लगाएर हिँडेको कुरा विनिताले अरुसँग गरेको भन्दै सुशीलाले घरमै पुगेर निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । कुटपिट गर्ने शुसिलालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ । नेपाल प्रेस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker