आदिकवि भानुभक्त क्याम्पसमा अभिभावक प्राध्यापक संघ गठन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा अभिभावक प्राध्यापक संघको गठन गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा आयोजित भेलामा क्याम्पसमा अध्यापनरत प्राध्यापक र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरुको उपस्थितिमा संघ गठन गरेको हो ।

भेलाले व्यास-१२ निवासी लक्ष्मीकान्त मिश्रको संयोजकत्वमा संघको कार्यसमिति गठन गरेको छ । कार्यसमितिको सदस्यहरुमा अभिभावकका तर्फबाट सदस्यहरुमा विष्णु प्रसाद श्रेष्ठ हरिश्चन्द्र अधिकारी, बिन्दु ध्वज, आइसा खातुन, सिता आले र प्राध्यापकहरूको तर्फबाट सदस्यमा वीर बहादुर गुरुङ, चरित्र कार्की र विजयराज खनाल चयन भएका छन् ।

भेलामा क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठले क्याम्पसलाई यस क्षेत्रको शैक्षिक केन्द्रको रुपमा विकास र विस्तार गर्न अभिभावकहरूको भूमिका महत्वपूर्ण हुने बताए । उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका सदस्य एवं निवर्तमान अभिभावक प्राध्यपक संघ संयोजक सिर्जना तिवारी, समितिका सदस्य सुशीला शर्मा, क्याम्पस सञ्चालक समितिका सदस्यहरु खरसिंह दरै, चिज बहादुर दरै र विष्णु बहादुर बस्नेत, क्याम्पस प्रमुख महाप्रसाद हडखलेले अभिभावक प्राध्यापक संघ गठनको औचित्य र संघको काम कर्तव्य सम्बन्धमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

सहायक क्याम्पस प्रमुख डा रामकुमार अधिकारीको संयोजकत्वमा सहायक क्याम्पस प्रमुख सागर पौडेल, नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस इकाइका अध्यक्ष विजयराज खनाल, कक्षा ११/१२ का संयोजक चिरञ्जीवी बस्नेत र पुस्तकालय सहायक दल बहादुर दरै सदस्य रहेको निर्वाचन प्रबन्ध समितिले संघको कार्यसमिति चयन गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker