जन्मदिनका अवसरमा ज्येष्ठ नागरिकलाई खाद्यन्न सहयोग

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका वेलचौतरास्थित ज्येष्ठ नागरिक सेवा केन्द्रका वृद्धवृद्धाहरुलाई दैनिक उपभोग्य खाद्यन्न सहयोग गरिएको छ । विभिन्न सामाजिक क्षेत्रमा सक्रिय दुलेगौडा निवासी प्रदीप थापाले आफ्नो जन्मदिनको अवसरमा वृद्धवृद्धालाई खाद्यन्न सहयोग गरेका हुन् ।
दुलेगौंडास्थित मुनाल बचत तथा ऋण सहकारीका अध्यक्ष एवं लायन इन्टरनेसनल डिस्ट्रीक्ट ३२५ एम नेपालका डेपुटी डिपार्टमेन्ट हेड समेत रहेका थापाले जन्मदिनका अवसरमा गरिने फजुल खर्चलाई घटाएर वृद्धवृद्धालाई दैनिक उपभोगमा आवश्यक पर्ने खाद्यन्न सामाग्रि उपलब्ध गराएका हुन् ।
थापाले केन्द्रका वृद्धवद्धाहरुलाई दैनिक उपभोग्यका समान चामल, दाल, नून, तेल चिनि, मसला, सावुन तथा नगद समेत उपलब्ध गराएका छन् ।










