गण्डकी र लुम्बिनीमा अविरल वर्षा, नदीहरुमा बाढी

गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । जसका कारण गण्डकी र लुम्बिनीका विभिन्न जिल्ला भएर बग्ने ठूला नदीहरुमा बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी, गण्डकी, त्रिशूली र तिनाउ नदीमा बाढी आएको छ ।

कास्की, अर्घाखाँची, नवलपरासी, पाल्पा, लम्जुङ, स्याङ्जा, रुपन्देही, गोर्खा, चितवन र म्याग्दी क्षेत्रमा बढी पानी पर्दा नारायणी, गण्डकी, तिनाउ लगायतका ठूला नदीहरुमा जल सतह बढेको छ ।

यसैगरी कास्कीको पोखरा र लुम्ले, नवलपरासीको बर्दघाट र डण्डा तथा चितवनका भरतपुर एयरपोर्ट, चर्छरे, कल्याणपुर, रामपुर र त्रिशूलीको कालीखोला क्षेत्रमा बढी पानी परिरहेको छ । लमजुङको बेसीशहर र खुदीबजार, म्याग्दीको घोरेपानी, पाल्पाको गण्डकी, गोरखाको बारपाक, रुपन्देहीको भैरहवा र अर्घाखाँचीको खाँचीकोट क्षेत्रमा पनि भारी वर्षा भइरहेको छ ।

त्यसैले यी स्टेसनहरुमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ । मनसुन सक्रिय भएकाले बाढी र पहिरो जान सक्ने भएकाले पूर्वसतर्कता अपनाउन यसअघि नै मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरुले आग्रह गरेका थिए । असार १ गतेदेखि कम्तीमा तीन दिनसम्म सतर्कता अपनाउनुपर्ने मौसमविद्को भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker